‎जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीको न्युनतम सेवा मापदण्ड निर्धारण कार्यक्रम सम्पन्न

धन बोहरा डोटी / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीको न्युनतम सेवा मापदण्ड एम. एस्. एस्  तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न छ।

‎प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी, कैलालीको आयोजनामा  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दिपायल डोटीको न्यूनतम सेवा मापदण्ड (एम. एस्. एस् )अन्तर्गत लेखाजोखा तथा प्रस्तुतीकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ।

‎कार्यक्रममा केन्द्रका बार्षिक योजना, उपलब्ध सेवा, र सेवा प्रवाहको गुणस्तरबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। आयुर्वेद स्वास्थ्य केन्द्रले सीमित स्रोत साधनका बाबजुद ओपीडी, ल्याब, योग, औषधि पाकशाला लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको भएतापनि, स्रोत साधन र आवश्यक जनशक्तिको अभावका कारण केही कठिनाइ भोग्नुपरेको र केही सेवा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

एम. एस् एस लेखाजोखामा यो पहिलो मूल्यांकनमा केन्द्रले ४९.८१ प्रतिशत अंक प्राप्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले आयुर्वेद पद्धति जनताको लागि सहज र प्रभावकारी स्वास्थ्य विकल्प भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा अझ सशक्त बनाउनुपर्ने बताए। उनले जनशक्ति र पूर्वाधार अभाव समाधान गर्न समन्वय गर्ने प्रतिवद्धता जनाए।

‎दिपायल सिलगढी नगरपालीका नगर प्रमुख बाजी सिंह खड्काले आयुर्वेद स्वास्थ्य प्रणालीको विकासका लागि नगरपालिका स्तरबाट सक्दो सहयोग गरिने बताएका थिए। उनले सेवा अझ व्यवस्थित र जनमुखी बनाउन स्थानीय सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।

‎जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख विद्या घिमिरे (देउवा)ले हालसम्मका उपलब्धिहरू, सेवा सुधारका पहल र MSS लेखाजोखाबाट प्राप्त सुझावहरूका आधारमा आगामी दिनमा अझ सुदृढ योजना बनाएर अघि बढ्ने बताइन्।

‎कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका आयुर्वेद चिकित्सक डा. दुर्गा प्रसाद ढुंगाना र वरिष्ठ कविराज निरीक्षक गजेन्द्र प्रसाद कुसवाहा , स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न निकायका प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.