जन्मदिनको अवसरमा जिल्ला प्रशासन कार्यालय डोटीमा कार्यरत  भट्टद्वरा विद्धाश्रममा खाद्य सामाग्री वितरण

डोटी , जन्मदिनको अवसरलाई सामाजिक सेवामा रूपान्तरण गर्दै जिल्ला  प्रशासन कार्यालय डोटीको परिचयपत्र शाखामा कार्यरत  विमल भट्टले डोटीको सिलगढीमा रहेको  पुज्य धर्मान्तक विद्व आश्रममा खाद्य सामग्री वितरण गर्नुभएको छ।भट्ट  आफ्नो ३३ औ जन्मदिनको आश्रममा रहेका वृद्धवृद्धाहरूको सेवाका लागि चामल, दाल, तेल, नुन, फलफूल लगायतका आवश्यक खाद्य सामग्रीहरू वितरण गरेका गर्नुभएको हो।

‎खाद्य सामग्री  हस्तान्तरणपछि भट्टले जन्मदिन केवल खुशी मनाउने दिन मात्र नभएर, समाजप्रति केही योगदान गर्ने अवसर पनि हो भन्ने सोच राखेर यसपटक धर्मान्तक विद्व आश्रममा खाद्य सामाग्री सहयोग गरेको बताउनुभयो। भट्टले अन्य युवाहरूलाई पनि यस्ता सकारात्मक कार्यमा सक्रिय सहभागी हुन आह्वान गर्नुभयो।

पुज्य धर्मान्तक विद्व आश्रममा गरिएको यो सानो तर अर्थपूर्ण सहयोगले वृद्धवृद्धाको जीवनमा खुसी थप्नुका साथै, पछिल्लो समय जन्मदिनको नाममा विदेशी शैली, विलासिता र देखावटी खर्चको प्रवृत्ति बढ्दै गैरहेको बेला उहाले देखाएको यो मार्गले युवा पुस्तालाई आत्मकेन्द्रित सोचबाट बाहिर निकाल्न र समाजमुखी बन्न प्रेरणा दिएको छ।

Leave A Reply

Your email address will not be published.