मदन भण्डारी फाउन्डेसन डोटीको जिल्ला अधिवेशन आज सम्पन्न भएको छ।
अधिवेशनबाट शेर बहादुर मल्ल अध्यक्षमा चयन हुनुभएको छ उपाध्यक्षमा कृष्ण कुमार खड्का, सचिवमा गणेश बिष्ट र कोषाध्यक्षमा पद्मा देवी मगरसहित १७ सदस्यीय जिल्ला समिति गठन गरेको फाउन्डेसनका सचिव गणेश बिष्ट जनकारी दिनुभएको छ।
नवगठित कमिटीले जिल्लाभित्र विभिन्न सामाजिक तथा सेवा मूलक कार्यमार्फत जननेताको विचारलाई व्यवहारमा उतार्ने नव निर्वाचित अध्यक्ष मल्लले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

फाउन्डेसनले आज मदन भण्डारीको ७४ जन्म जयन्तीका अवसरमा डोटीमा अन्तरक्रिया कार्यक्रमकोसमेत आयोजना गरेको थियो कार्यक्रममा डोटी जिल्ला स्थित विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।