फागुन १०, डोटी : डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट सिलगढीतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप आइतबार कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने ठाउँमा दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नबराज रावलका अनुसार दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ मेल्टा घर भएकी वर्ष ६६ कि जुना देबि साउँद, वर्ष १७ कि सिता साउँद, वर्ष १९ कि सरिता साउँद र बोगटान फुड्सिल ६ का २७ वर्षका जीप चालक तीर्थ बोगटी रहेका छन् ।
घाइतेमध्ये जुना र सिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जुनाको टाउको, दुवै खुट्टा र छातीमा चोटलागेको र सिताको टाउको, खुट्टा र छातीमा गम्भीर चोट लागेको बताईएको छ ।