डोटीमा ४०.८० प्रतिशत मतदान, ५२ हजार ५३८ मत खस्यो

डोटी / जिल्लाका १ सय ८१ मतदान केन्द्रमा सम्पन्न मतदानमा कुल ५२ हजार ५सय ३८ मत खसेको छ । जिल्लामा रहेका १ लाख २८ हजार ७ सय ३९ मतदातामध्ये ४० दशमलव ८० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभर रहेका मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताइएको छ। बिहानदेखि नै केही केन्द्रमा मतदाताको उपस्थिति देखिए पनि अधिकांश स्थानमा मध्यम सहभागितासहित मतदान सकिएको जनाइएको छ। सुरक्षा निकायको समन्वयमा मतदान प्रक्रिया निर्विघ्न रूपमा सम्पन्न भएको जिल्ला प्रशासनले जनाएको छ।
स्थानीय तहअनुसार प्राप्त विवरणमा सबैभन्दा बढी मतदान शिखर नगरपालिकामा ८ हजार ४ सय २४ खसेको छ। त्यसपछि दिपायल सिलगढी नगरपालिकामा ८ हजार २ सय ७९ मत खसेको छ।
त्यसैगरी जोरायल गाउ“पालिकामा ६ हजार ४ सय ४७, केआई सिंह गाउ“पालिकामा ५ हजार ९ सय ३७, आदर्श गाउ“पालिकामा ५ हजार ७ सय ६८, पुर्बिचौकी गाउ“पालिकामा ५ हजार ३ सय ७० र सायल गाउ“पालिकामा ४ हजार ४ सय ५९ मत खसेको छ।
यसैबीच बडिकेदार गाउ“पालिकामा ४ हजार ७० मत खसेको छ भने सबैभन्दा कम मतदान बोगटान गाउ“पालिकामा ३ हजार ७ सय ८४ रहेको छ।

मतदान सम्पन्न भएस“गै जिल्लाका विभिन्न स्थानबाट मतपेटिका संकलन गर्ने कार्य सुरु गरिएको छ।

Leave A Reply

Your email address will not be published.