नदीले बगाउँदा ३२ वर्षिय युवककाे मृत्यु

डाेटी 
डाेटीमा नदीमा बगेर एक जनाकाे मृत्युु भएको छ । दिपायल पिपल्ला पक्की पुल नजिकै सेती नदिमा नुहाउने क्रममा बग्दा ३२ वर्षिय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका जोगी बिकका छोरा तेज बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका बताए । युवक बिक दिउँसो साढे ३ बजेतिर नदीमा बगेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुप सिंह थापाको कमान्डमा खटिएको टोलीले उनलाई बगेको स्थान देखि दुई सय मिटर तल बेहोस अवस्थामा फेला पारेको थियाे । बेहाेस् बिकलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको र डाक्टरले ४ बजेतिर मृत घोषणा गरेको उपरीक्षक भट्टले बताएकाे छ । बिकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.