चैत्र २१, २०८२
चैत २१ गते डोटीमा इभि हाईस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।शनिबार विहान साढे चार बजे धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ज ०२३९ नम्बरको इभि हाईस दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चौरपाटी गाउँपालिका–१ सिउडी अछाम बस्ने चालक ४५ वर्षीय शंकर शाहले चलाएको उक्त सवारीमा १५ जना सवार रहेका थिए। प्रहरीका अनुसार घाइते हुनेमा पुर्विचौकी गाउँपालिका- ५ नुवाघर बस्ने ५१ बर्ष की अमृता साउँद, सोही ठाँउका बर्ष २६ का प्रकाश साउँद घाइतेका भएका छन् ।त्यस्तै चौरपाटी गाउँपालिका – ६ दुनी अछाम बस्ने बर्ष २५ की कला साउँद र सोही ठाउँ वडा नम्बर १ बयाली बस्ने बर्ष १९ कि कमला थापा घाइते भएकि छन् । घाइतेहरु दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेकोे जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डबल बहादुर कठायतको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। हाईस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।