डोटीको गडसेरामा नवजीवन अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब २०० जनाले सेवा लिए

अत्तरियाः डोटीको जोरायल गाउँपालिका–५, गडसेरामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिर्जनशील गडसेरी समाजको आयोजनामा तथा धनगढीस्थित नवजीवन अस्पताल प्रालिको प्राविधिक सहयोग र वडा कार्यालयसँगको समन्वयमा चैत २१ गते एक दिने शिविर सञ्चालन गरिएको हो शिविरमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। इन्द्रप्रसाद उपाध्याय, डा। सुरेश कुवर र मेडिकल अधिकृत नरेन्द्र जोशीले बिरामीहरूको स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श प्रदान गर्नुभयो। गडसेराका श्याल्कोल्टा, पातलीगाउँ, चोखलगाउँ, भुल्खेत, धामिगाउँ, खोल्खेत, ओल्कट्टे, बोरगाउँ, भामगाउँ, खहडा, बिस्भरा, सिमडा, बोकडा, नकुरडा, हडरानी, धुपारी, बिसेखोला लगायत क्षेत्रबाट करिब दुई सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए।आफ्नै गाउँमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी उत्साहित देखिन्थे। उनीहरूले यस्तो महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गरेकोमा सिर्जनशील गडसेरी समाज र नवजीवन अस्पतालप्रति आभार व्यक्त गरे।नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतले आफ्नै जन्मभूमिमा सेवा दिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता विशेषज्ञसहितका शिविर सञ्चालन गरिने बताए। टन सत्रको अध्यक्षता सिर्जनशील गडसेरी समाजका अध्यक्ष भोजबहादुर शाहले गरेका थिए भने प्रमुख अतिथि समाजसेवी आनन्द विष्ट रहेका थिए। विष्टले स्वास्थ्य शिविरको प्रशंसा गर्दै समाजसेवामा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे।वडा अध्यक्ष ध्वजबहादुर देउवाले पर्याप्त सूचना नपुग्दा केही स्थानीय शिविरमा सहभागी हुन नसकेको भन्दै क्षमा मागे। समाजका संस्थापक अध्यक्ष सुभाष चन्द्र भण्डारीले भविष्यमा थप स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।कार्यक्रममा प्राविधिक सहयोग गर्ने नवजीवन अस्पताल, गडसेरा स्वास्थ्य चौकी र वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.