बाली उत्पादन र बजारीकरणमा समन्वय

बाली उत्पादन र बजारीकरणमा समन्वय
डोटी, असार ७। नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय भागेतडा डोटीको आयोजनामा “बालीरवस्तु उत्पादन र बजारीकरण समन्वय कार्यक्रम” सम्पन्न भएको छ।
कृषि उत्पादन वृद्धि, गुणस्तरीय बाली उत्पादन तथा उत्पादित कृषि वस्तुको प्रभावकारी बजारीकरणका विषयमा सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि, कृषि प्राविधिक, किसान तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कृषि उत्पादनदेखि बजार व्यवस्थापनसम्म देखिएका चुनौती, सम्भावना तथा समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले उत्पादन र बजारीकरणबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै किसानको आम्दानी वृद्धि गर्न आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि अनुसन्धान निर्देशनालय कार्यालय प्रमुख दीपक पाण्डेले उत्पादन र बजारीकरणबीचको प्रभावकारी समन्वय नभएसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्ने बताए। उनले अनुसन्धानबाट प्राप्त प्रविधि र ज्ञानलाई किसानसम्म पुर्‍याउँदै उत्पादन वृद्धि तथा बजार सुनिश्चितताका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। कृषि क्षेत्रलाई व्यवसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन उत्पादनसँगै बजारीकरण पक्षलाई पनि समान प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजार पहुँच विस्तार, मूल्य अभिवृद्धि तथा किसानमैत्री नीति कार्यान्वयनमा जोड दिएका थिए। कृषि अनुसन्धान निर्देशनालयले यस्ता कार्यक्रममार्फत किसान, अनुसन्धानकर्ता तथा सम्बन्धित निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै कृषि क्षेत्रको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.