माेहन ठकुल्ला
डाेटी,
आई.एम.इ लाईफ इन्स्योरेन्स लिमिटेड दिपायल शाखा डाेटीद्वारा भुकम्प पिडितलाई मृत्युदाबी भुक्तानी दिइएको छ ।
पुर्वीचाैकी गाउँपालिका वडा. न. ३ गैरागाउँमा कार्तिक २३ गतेकाे भुकम्पमा परि बिमित हर्क बाेहरा र प्रस्तावक भगवती बाेहराकाे मृत्यु पश्चात् मंगलबार एक कार्यक्रम गरि भुक्तानी उपलब्ध गराएकाे इन्स्योरेन्स शाखाप्रमुख टेक बहादुर ठकुल्लाले बताए ।
मृतक आमा छाेरा बाेहराकाे नाममा २०७९ भदाै १२ गते रू २ लाख पचास हजार बिमाङ्ककाे बिमा रहेकाे थियाे । एक किस्ताकाे रू २० हजार छ सय नाै रूपैयाँ प्रिमियम बचत गरेका थिए । जसअनुसार साे बिमालेख अन्तर्गत बिमितका निजका व्यक्ति पदम सिं बाेहरालाई घरमै पुगि रू ५ लाख ७८ हजार ७ सय १९ रूपैयाँकाे बैंक चेक हस्तान्तरण गरेकाे शाखा प्रमुख ठकुल्लाले बताएका छन् ।
मानव जीवनका सबै खाले जाेखिम र आर्थिक सुरक्षा लागि जीवन बिमाकाे महत्व र आवश्यकता दर्शाउदै सबैले बिमा गर्न आवश्यक रहेकाे क्षेत्रीय शाखाप्रमुख हुकुम डाँगीले बताए ।
उक्त कार्यक्रममा आई. एम. ई. लाईफ इन्स्योरेन्सका कर्मचारी, अभिकर्ता, जनप्रतिनिधि, आम भेलाकाे सहभागीता रहेकाे थियाे ।