२०८३ साउन २९,
धनगढीः मुख्यमन्त्री पदबाट राजीनामा दिन केही घण्टा मात्रै बाँकी रहँदा कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले ५२ जना कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। सत्ता र पदबाट बाहिरिनै लागेका मुख्यमन्त्री शाहले गरेको यो निर्णयमाथि भने प्रशासनिक आवश्यकताभन्दा निकट कर्मचारीलाई अनुकूल हुने गरी ‘पद व्यवस्थापन’ गरेको आरोप लागेको छसाउन २८ गते प्रदेश सभामा मुख्यमन्त्रीबाट राजीनामा दिएका शाहले राजीनामा दिनुअघि कर्मचारी सरुवाको निर्णय गरेका हुन्। विशेषगरी गत वर्ष भदौपछि मात्रै पदस्थापना भएका कर्मचारीलाई समेत एक वर्ष नपुग्दै सरुवा गरिएपछि निर्णयको औचित्यमाथि प्रश्न उठेको छ।कर्मचारी स्रोतका अनुसार सरुवाको सूचीमा शाह निकट मानिएका कर्मचारीलाई कैलाली र कञ्चनपुरलगायत आफूअनुकूल कार्यालयमा ल्याउने र पायक नपर्ने ठाउँमा रहेका कर्मचारीलाई हटाउने गरी निर्णय गरिएको छ। यही कारण पछिल्लो सरुवालाई नियमित प्रशासनिक प्रक्रिया नभई पद छाड्नुअघि गरिएको ‘अनुकूलता मिलाउने अभ्यास’का रूपमा हेरिएको छ।