अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न शिखर नगरपालिकामा गणकहरु परिचालन

भाद्र १० बुधबार,
सामुदायिक विकास केन्द्र ९सि।डि।सि।० डोटी को आयोजनामा शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न मंगल र बुधबार का दिन गणकहरुको २ दिने क्षमता विकास तालिम दिपायलमा सम्पन्न भएको छ । अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न एकिटभिटि इन्फो मार्फत अपांगता भएका ब्यक्तिहरुको अनलाईन मार्फत अपांगता भएका ब्यक्तिहरुको घरघरमै गएर भाद्र १५ गते देखि भाद्र २४ गते सम्म १० दिन भित्र नगरका ११ वटै वडाको अपांगता भएका ब्यक्तिहरुको तथ्यांक संकलन गरिने भएको छ । तथ्यांक संकलनका लागि १५ जना गणकहरुलाई कार्यक्षेत्रमा खटाईएको सामुदायिक विकास केन्द्र ९सि।डि।सि।० डोटीका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले बताउनु भयो ।शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो भने प्रमुख अतिथि शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, अतिथि नेपाल पत्रकार महासंघ नेपाल जिल्ला शाखा डोटीका अध्यक्ष प्रकाश बम रहनु भएको थियो । कार्यक्रममा अपांगता अधिकारकर्मि एवं सुदूरपश्चिम प्रदेश अपांग महासंघका अध्यक्ष नन्द राज भट्टले सहजीकरण गर्नुभएको थियो ।
शिखर नगरपालिकामा रहेका अपांगता भएका ब्यक्तिहरुको अवस्था, आवश्यकता, समस्या, उपलब्ध सेवा तथा अवसरहरुको तथ्यांक र विश्लेषणात्मक विवरण तथा अपांगता प्रोफाईल निर्माण गरी अपांगता भएका ब्यक्तिहरुको संख्या अपांगताको प्रकार, उमेर, लिंग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहायक सामाग्रीको आवश्यकता पहुँचयुक्त वातावरण तथा अन्य सामाजिक आर्थिक अवस्था बारे विस्तृत जानकारी प्रदान गर्न शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न लागिएको कार्यक्रम संयोजक भक्तराज उपाध्यायले बताउनु भयो ।

सामुदायिक विकास केन्द्र ९सि।डि।सि।० डोटी र लुथरन वल्ड फेडरेसन नेपालको संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा दलित, सिएसओहरु र तिनीहरुका संजालहरुलाई सवल पार्दै सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्धर्न लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ गर्ने सक्षम परियोजना अन्तर्गत शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न गणकहरु परिचालन गरिएको हो ।
शिखर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ का अनुसार शिखर नगरपालिकाको कुल जनसंख्या ३०३९९ मध्ये करिव २।८ प्रतिशत अर्थात ८५१ जना ब्यक्तिहरु अपांगता भएका ब्यक्तिहरु रहेको तथ्यांक रहेको छ ।
कार्यक्रम संयोजक भक्तराज उपाध्यायले वडामा तथ्यांक संकलनका लागि परिचालन हुने गणकहरुलाई सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्न वडा बासि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य सवयंसेविका, अपांगता संजाल, समुह, आमा समूह, कृषि समुह लगायत सरोकारवाला सबैलाई अनुरोध गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.