माेहन ठकुल्ला `डाेटी´
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा न ६ ले आफ्नाे वडामा जेष्ठ नागरिक सम्मान तथा कम्बल वितरण कार्यक्रम गरेकाे छ ।
बिहीबार र शुक्रबार दुई दिन आफ्नाे वडाका कृष्ण मन्दिर,समाज सेवा,शैलेश्वरी लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै वृद्धश्रमका २ जना सहित जम्मा ८५ जना जेष्ठ नागरिकलाई सम्मान स्वरूप कम्बल वितरण गरेकाे वडा कार्यालयले जानकारी दिएकाे छ ।
वडा कार्यालयकाे आर्थिक वर्ष २०७९/८० काे स्वीकृति कार्यक्रम अनुसार ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई चिसाे बढेसँगै सम्मान स्वरूप कम्बल वितरण गरेकाे वडा अध्यक्ष नरेश मलासीले बताए । जेष्ठ नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै उनिहरूकाे स्वास्थ सुरक्षाको लागि प्रतिव्यक्तिलाई एउटा कम्बल वितरण गरेकाे बताए ।
आगामी दिनहरूमा वडा भित्रका जेष्ठ नागरिक र महिलाकाे स्वास्थ परिक्षण तथा चेकजाँच सम्बन्धिका विभिन्न कार्यक्रम नि:शुल्क संञ्चान गर्न वडाले याेजना तय गरेकाे वडा अध्यक्ष मलासीले बताएका छन् । जेष्ठ नागरिकका भावना बुझेर उनिहरूकाे आवश्यकता अनुरूप आगामी दिनमा सेवा गर्न प्रतिवद्व रहेकाे समेत बताए ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख बाजि सिं खड्काले जबसम्म गाउँ समाज टाेलमा सामाजिक काम गर्न सक्दै नाै तब सम्म जनप्रतिनिधिकाे नेतृत्व प्रभावकारी हुदैन्,र पछिल्लाे समयमा समाज खण्डित हुँदै गएका कारण समाज अथवा परिवार भित्र सद्भावना जाग्न आवश्यक रहेकाे बताए ।
समाजमा रहेका असहाय अशक्तलाई सहयाेग गरेकाे भन्दै ७० वर्षिय धुर्व भट्टले खुसी व्यक्त गर्दै वडालाई धन्यवाद ज्ञापन गरिन् ।
कम्बल वितरण कार्यक्रम अन्तरगर्त वडा भित्र रहेका जेष्ठ नागरिक, एक्कल महिला, अपांङ्ग लगायतलाई वितरण कार्यक्रम निरन्तर रहेकाे वडाले जानकारी दिएकाे छ ।