माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयकाे ७५ ओैँ बार्षिकाेत्सवकाे अवसरमा भैरहेकाे अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ काे भलिबल प्रतियोगिताकाे फाइनल खेल भाेलि आइतबार हुने भएकाे छ । फाइनल खेल अन्तर्गत दिल्पेश्वर मावि र कुमालिकाेट मावि बीच प्रतिस्पर्धा हुने भएकाे छ ।
दिल्पेश्वर माविले लगातार प.प.मुना माविलाई ३-० काे साेझाे सेटले हराउदै फाइनल खेलमा प्रवेश गरेकाे हाे भने कुमालिकाेट माविले मगलेक मावि तिखालाई ३-२ सेटले निकै प्रतिस्पर्धा गरेर जित हात पारि फाइनल प्रवेश गरेकाे हाे । उक्त दुबै टिम बिचकाे फाइनल खेल भाेलि आइतबार बिहान १० बजे हुने आयाेजकले जानकारी दिएकाे छ ।
त्यसै गरि छात्रा कबड्डी प्रतियोगिता अन्तर्गत तेडि मावि कलेनालाई ४१-२० अंकले हराउदै प.प. मुना मावि प्रथम हुन सफल भएकाे छ । २१ अंककाे अन्तरले हार बेहाेरी कबड्डी प्रतियोगितामा तेडि मावि कलेना द्वितीय भएकाे हाे ।
उत्सवकाे अबसरमा ४ गतेबाट सुरू भएकाे प्रतियोगिता अन्तरगर्त विद्यालयका आन्तरिक खेलहरू मध्य सय मिटर दाैड, हाइजम्प, लङ जम्प, ट्रिपल जम्प,८०० मिटर दाैड, म्युजिकल चेयर, बेलुन फुटाउने गेम, चम्चा दाैड, पिठाे दाैड, हाजिरी जवाफ प्रतियोगिताका खेलहरू फाइनल भएकाे आयाेजक विद्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै वार्षिकोत्सबकाे अबसरमा आयाेजना गरिएका सम्पूर्ण खेलहरू १२ गते सम्पन्न हुने आयाेजकले जानकारी दिएकाे छ ।
उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरू दिपायल सिलगढी नगरपालिका वडा न ६ टुडिखेल मैदान र प.प. मुना माविको प्राङ्गणमा भैरहेका छन् ।