दिल्पेश्वर माविलाई अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि

माेहन ठकुल्ला
डाेटी,

डाेटीकाे दिपायल सिलगढी नगरपालिका ६ स्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय भएकाे अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि दिल्पेश्वर माविले जितेकाे छ ।

७५ ओैँ बार्षिकाेत्सव तथा हीरकजयन्तीकाे अवसरमा आयाेजना भएकाे अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ काे भलिबल प्रतियोगिताकाे उपाधि दिल्पेश्वर मावि दिपायलले जितेकाे छ ।

आइतबार भएकाे फाइनल खेलमा कुमालिकाेट माविलाई पराजित गर्दै दिल्पेश्वर माविले २५-१४, २५-१९,२५,२३ काे लगातारको साेझाे सेटले जित हात हाे । प्रथम टिमले रू १५ हजार ट्रफी र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गर्ने भएकाे छ भने द्वितीय टिमले रू १० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्ने आयाेजकले जानकारी दिएकाे छ ।

त्यसै छात्रा कबड्डी प्रतियोगिताकाे खेल सनिवार सम्पन्न भएकाे छ । जस अन्तर्गत तेडि मावि कलेनालाई ४१-२० अंकले हराउदै प.प. मुना मावि प्रथम हुन सफल भएकाे छ । २१ अंककाे अन्तरले हार बेहाेरी कबड्डी प्रतियोगितामा तेडि मावि कलेना द्वितीय भएकाे हाे । उक्त खेलमा प्रथम टिमले रू १० हजार ट्रफि प्रमाणपत्र सहितकाे पुरस्का प्राप्त गर्ने भएकाे छ भने द्वितीय टिमले रू ७ हजार सहित ट्रफी प्रमाण पत्र सहितकाे पुरस्कार प्राप्त गर्ने भएकाे छ ।

त्यस्तै वार्षिकोत्सबकाे अबसरमा आयाेजना अन्तर्गतका सम्पूर्ण खेलहरूकाे पुरस्कार १२ गते वितरण गरिने आयाेजक विद्यालयले जानकारी दिएकाे छ ।

Leave A Reply

Your email address will not be published.