माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा न ६ ले बाल मन्दिर आधारभूत विद्यालयलाई पाेशाक हस्तान्तरण गरेकाे छ ।
मंगलबार एक ओैपचारिक कार्यक्रम गरि जिल्ला प्रशासन कार्यालय अगाडि रहेकाे श्री बाल मन्दिर आधारभूत विद्यालय सिलगढी डाेटीमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ५४ जना छात्र र ९४ छात्रा गरि जम्मा १४८ जना विद्यार्थीहरूलाई पाेशाक वितरण गरेकाे वडाले जानकारी दिएकाे छ ।
वडाले शिक्षा क्षेत्रमा गरेकाे काम प्रति प्राेत्साहन गर्दै आगामी दिनमा यस्ता अन्य कार्यक्रम गरि बालबालिकाहरूकाे मन जितेर पढाइ प्रति आकर्षित गराउन सहयाेग पुग्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।
वडाभित्र रहेका सम्पूर्ण विद्यालयहरूमा आफ्नाे काम र कर्तव्यकाे पालना गरि शैक्षिक क्षेत्रमा सुदृढीकरणमा जाेड दिने वडा अध्यक्ष नरेश मलासीले बताए । सिलगढी बजार आफ्नाे वडा क्षेत्र भित्र पर्ने भएकाले वडालाई पूर्णरूपमा बालश्रम मुक्त घाेषणालाई पहिलाे प्राथमिकता राख्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रम बाेल्दै अध्यक्ष मलासीले भने ” मैले अध्ययन गरेकाे विद्यालय हाे” तर प्रायः बजार क्षेत्रमा सरकारी विद्यालयकाे विद्यार्थीकाे कमिले गुणस्तर खस्कदै गएका कारण अस्तित्व जाेगाउन विद्यायकाे भाैतिक संरचना निर्माण गर्न अन्य सम्बन्धित निकायकाे पहलमा पत्राचार गरेकाे अध्यक्ष मलासीले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै प्रधानाध्यापक विजयराज श्रेष्ठले विद्यालयमा नयाँ पाेशाककाे सुरुवा गरेकाे भनेर खुसी व्यक्त गर्दै वडालाई धन्यवाद दिए । जाडाे र चिसाे माैसमा लगाउन मिल्ने पाेशाक वितरण गरेकाे र विद्यार्थीलाई पढाइमा विशेष सहयाेग पुग्ने श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी ,श्री भैरव प्रसाद गणका सेनानी ,वडा जनप्रतिनिधि, विद्यालयमा कर्यरत शिक्षक लगायतकाे सहभागीता रहेकाे थियाे ।