बसपार्क पुर्ण सञ्चालन हुँदै,अब सडकमा गाडी पार्किङ गरेमा जरिवाना

माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा न ५ मा अवस्थित बसपार्कलाई पुर्णरूपमा संचालन ल्याउन संघर्ष समितिले अभियान जारी राखेकाे छ ।

बर्साैदेखि सुनसान बसपार्कलाई सञ्चालन ल्याउन,सडकमा गाडी पार्किङ हुनु हुदैन् र भएकाे बसपार्कलाई पुर्णरूपमा व्यवस्थित गर्नु पर्छ भन्दै मंगलबार दिपायल सिलगढी नगरपालिमा सराेकारवाला निकायकाे बैठक बसेकाे संघर्ष समितिका सदस्य बिक्रम केसिले बताए ।

आजकाे बैठककाे छलफल अनुसार जिराे प्वाइन्टमा नगर प्रहरी खटाइने, जिल्ला प्रहरी कार्यालय अगाडि राेडमै गाडी पार्किङ गरेकाे पाइएमा जरिमाना तिराइने,नगर बसले नियमित बसपार्कमा जानुपर्ने लगायताका विषयमा छलफल भएकाे दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खड्का (विजय) ले बताए ।
“हामीले आजै अनुगमन गरिसकेका छाैँ” अब चाँडै शारदा स्कुल हुदै इन्द्रचाेककाे बाटाेलाई सञ्चालनमा ल्याइ हाइसहरु उक्त बाटाेबाट सञ्चालन गराइने समेत नगरप्रमुख खड्काले बताएकाे छ ।

थप निर्णय अनुसार यात्रुहरूलाई बसपार्क काउण्टरबाटै हाइसहरुकाे टिकट पाइने र बसपार्कमा नै यात्रु चढ्ने र उत्रने व्यवस्थाकाे रहेकाे छ । यदि कुनै बस वा हाइसले बसपार्क पुर्‍याउन नमानेमा पछि तुरुन्तै १०० मा कल गरेर सम्बन्धित निकायलाई सुचित गराउन यात्रुहरूलाई आग्रह गरिएकाे छ ।

शाखा काउन्टर जिल्ला प्रहरी कार्यालय (जिप्रका ) मै रहने भएकाे छ तर गाडीले आफ्नाे नम्बरमा मात्र आइ यात्रुलाई लिएर बसपार्क बाट त्यसपछि मात्र चलानी नम्बर लिनु पर्ने बैठकमा छलफल भएकाे छ । आफ्नाे नम्बरमा बसपार्क बाट जिल्ला प्रहरी कार्यालय (जिप्रका ) यात्रुलाई लिन आउने गाडिले २० मिनेट मात्र राेकिन पाउने उक्त बैठकमा निर्णय गरिएकाे छ ।

Leave A Reply

Your email address will not be published.