माेहन ठकुल्ला
डाेटी
डाेटीमा एकल महिला, पूर्ण अपाङ्ग तथा अति अशक्त
अपाङ्गहरु लाई सम्मान गरिएकाे छ ।
दिपायल सिलगढी नगरपालिका वडा न.६ ले आफ्नाे वडामा रहेका एकल महिला,पूर्ण अपाङ्ग तथा अशक्त सम्बन्धि कार्यक्रमकाे आयाेजना गरि ८१ जनालाई सम्मान स्वरूप कम्बल वितरण गरेकाे हाे ।
आर्थिक वर्ष २०७९/८० काे स्वीकृति कार्यक्रम अनुसार उक्त व्यक्तिहरूलाई उत्साहित गर्न,भावना र आवश्यकता पहिचान गर्नकाे लागि सम्मान स्वरूप कम्बल वितरण गरेकाे वडाले जानकारी दिएकाे छ ।
समाजमा रहेका एकल महिला,अशक्त अपाङ्गहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरेकाे वडा अध्यक्ष नरेश मलासीले बताए । पछाडि परेका महिलाहरूका गुनासा सुनेर आगामी दिनमा अगाडि बढाउन सिपमुलक तालिमकाे व्यवस्था गर्ने अध्यक्ष मलासीले बताए ।
कार्यक्रममा बाेल्दै समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले वडाले चिसाेकाे माैसममा सम्मान तथा कम्बल वितरण गरेर पराेपकारी काम गरेकाले धन्यवाद दिदै जनप्रतिनिधि भइसकेपछि जनताहरूका आवाजहरू सुन्नु पर्दछ । पछिल्लाे समय यता डाेटीमा भुकम्प गैरहेका कारण अशक्त,अपांङ्ग एकल महिलालाई सुरक्षित रहन प्रमुख सिहंले आग्रह गरकाे छ ।