डाेटीमा आचार्यकाे न्यायका लागि राज्यलाई दबाबमूलक माग

माेहन ठकुल्ला
डाेटी,

अखिल (क्रान्तिकारी) डाेटीले प्रेम प्रसाद आचार्यकाे न्यायकाे लागि काेणसभा गरेकाे छ ।

” सम्पूर्ण बामपंथी प्रगतिशील देश भक्त तथा जनतान्त्रिक बिद्यार्थीहरू एकजुट हाै” भन्ने मुल नाराका साथ क्याम्पसका बिद्यार्थीहरूकाे सहभागीतामा कार्यक्रम गरेकाे हाे ।
बुधबार जिल्ला प्रशासन अगाडि राज्यलाई दबाब मूलक न्याय सम्बन्धि माग राख्दै सरकारका विविध गतिविधि माथि आपत्ति जनाएकाे जिल्ला पार्टी सचिव माेहन कठायतले बताए ।

प्रेम प्रसाद आचार्यकाे मागहरू पुरा गर,स्वदेशमै राेजगारीकाे ग्यारेन्टी गर, लघु बित्तीय बैंकिङ संस्थाहरू बन्द गर, जनताकाे जनजिविकाकाे ग्यारेन्टी गर, बढ्दाे महंगो नियन्त्रण गर लगायतका मागहरू पूरा गर भन्दै नारा लगायकाे थियाे ।

Leave A Reply

Your email address will not be published.