माेहन ठकुल्ला
डाेटी,
डोटीको पद्म पब्लिक मुक्ति नारायण माध्यामिक विद्यालयले ७५ ओैँ बार्षिकोत्सव तथा हिरक जयन्ति विविध कार्यक्रम गरि मनाएको छ ।
यहीँ माघ ४ गते देखि १२ गते सम्म विद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम तथा खेलकुदको आयोजना गरेको थियोे । बिहीबार विभिन्न सास्कृतिक कार्यक्रम सहित वार्षिकोत्सबको समापन गरिएको छ । कार्यक्रम सुभारम्भ देखि अन्त्यसम्म संञ्चालन भएका अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगर्तका खेलहरुका प्रथम, दृतिय, तृतिय तथा सान्तोना पुरस्कार वितरण गरिएको छ । विद्यालयका उत्कृष्ट विद्यार्थी तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार र विभिन्न विधाका छात्रवृत्ति वितरण गरिएको छ ।
विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने संघसंस्था तथा व्यक्तिहरु सम्मान तथा कदर पत्र प्रदान गरेकाे सहायक प्रधानाध्यापक हिक्मत शाहीले बताए ।
विद्यालयले रोजगार मूलक शिक्षामा जोड दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिती प्रमुख लक्ष्मण सिंहले बताए । प्रतिस्पर्धाको समय भएकाले विद्यालयले प्रतिस्पर्धा गर्न सक्ने खालका विद्यार्थी उत्पादन गर्नु पर्ने उहाले बताए । पढाइमा राम्रा विद्यार्थीको रोजाई विदेश पर्ने गरेको छ र त्यसलाई रोक्नु आजको महत्त्वपूर्ण आवश्यकता रहेकाे प्रमुख सिहले बताए ।
विद्यालयलाई आगामी दिनहरूमा देशकै नमुना विद्यालयको रूपमा चिनाउन तर्फ विद्यालयको टिम लागि रहेको प्रधानाध्यापक केशवराज ओझाले बताए ।