सम विकास केन्द्रकाे जिल्ला स्तरीय कार्यक्रम भव्यताका साथ सम्पन्न
परिवर्तन परियाेना अन्तर्गतकाे जिल्ला स्तरीय अन्तिम चरणकाे कार्यक्रम सम्पन्न
माेहन ठकुल्ला
डाेटी,
सम विकास केन्द्र (इडिसी) डाेटीकाे परिवर्तन परियोजना अन्तर्गत जिल्ला स्तरीय कार्यक्रम समापन भएकाे छ ।
सनिवार युराेपियन युनियन,डिसिएकाे आर्थिक सहयाेग र जिल्ला समन्वय समितिकाे सहकार्यमा जिल्ला स्तरीय परियाेजनाकाे सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रम दिपायल सिलगढीकाे सभाहलमा भव्यताका साथ समापन भएकाे छ ।
परियाेजना २०१९ बाट सुरू भइ २०२३ जनवरीमा सकिएकाे छ । नागरिक समाजकाे विकास गर्न, लक्षित वर्गहरूका माग पूरा गरि अगाडि बढाउन् , जनसहभागिता, पार्दशिकता, महिलाहरूका हक अधिकार सुनिश्चितका साथ लागू गरि अगाडि बढाउने उद्देश्यले परिवर्तन परियाेजना अन्तर्गत डाेटी जिल्लाका ३ वटा स्थानिय तह जाेरायल गाउँपालिका, शिखर नगरपालिका, के. आई. सिंह गाउँपालिकामा सुशासन पाठशाला सञ्चालन गरेकाे कार्यक्रम संयाेजक महेश परियारले बताए ।
महिला सशक्तीकरण जाेड दिएर अगाडि बढ्न स्राेत साधन जुटाइ पाठशाला बाट सिकेका कुराहरूलाई कार्यान्वयन गर्न प्रमुख अतिथि जिल्ला समन्वय समितिमा प्रमुख लक्ष्मण बहादुर सिहले बताए ।
विगतमा जिल्ला भित्र महिला अधिकार मञ्चकाे स्थापना गरेर महिलाहरूका आवाजमाथि आवाजहरू उठाउद जिल्लाका विभिन्न क्षेत्रमा सहभागीमुलक, याेजना तर्जुमा प्रक्रिया , सशक्तीकरण, नागरिकका आवाजहरूलाई बुलन्त गर्दै आएकाे संस्थाका अध्यक्ष अधिराज बिसीले बताए ।
महिलाहरूलाई निडर र क्षमता विकास अभिवृद्धि गर्न सुशासन पाठशालाले ठूलाे सहययाेग पुगेकाे पाठशालामा सहभागी सदस्य शिखर नगरपालिका १ कि बिना रावलले बताइन् । उनी भन्छिन् ” पहिले स्कुल पढ्न पाएन् तर सुशासन पाठशाला लागू भएपछि व्यावहारिक शिक्षा प्राप्त भएकाे बताइन् ।
कार्यक्रममा बाेल्दै के आई सिह गाउँपालिका ४ की जानकि विक भन्छिन् ” सुशासन पाठशाला बाट नेतृत्व विकाम भएर वडा सदस्य निर्वाचित भइ आफ्नाे वडामा नेतृत्व लिएकी छु” सिपमूलक तालिम प्राप्त गरेर जिविकाे पर्जनमा सहयाेग पुगेकाे बताईन् ।
राजनीतिक क्षेत्रमा महिलाहरूलाई अगाडि बढाउनमा पाठशालाले ठूलाे सहयाेग गरेकाे जाेरायल गाउँपालिका २ की शान्ती चुनाराले बताइन् । विकास निर्माणका कार्यहरूमा महिलाहरू पुरूषकाे तुलनामा धेरै संलग्न रहेकाे बताइन् ।
संस्थाले सुशासन पाठशाला सञ्चालन गरेपछि महिलाहरूलाई पढाइ तर्फ उत्प्रेरित गराएकाे महिला अधिकार मञ्चकी लक्ष्मी ठगुन्नाले बताइन् ।
पाठशाला सहभागी जाेरायल गाउँपालिकाकी वर्ष २९ कि मंगला बिक र वर्ष ३४ की ममता बि अहिले आफ्नाे छाेराछाेरीसँग स्कुल जाने गरेकाे सामाजिक परिचालक तारा बिकले बताइन् ।
संस्थाले परिवर्तन परियाेजनाकाे समयावधि सकिनै लाग्दा परियाेजना लागु भएका स्थानिय तहमा अन्तिम चरणका कार्यक्रम पनि समापन गरेकाे संस्थाले जानकारी दिएकाे छ ।