खप्तड- शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगिता

माेहन ठकुल्ला
डाेटी,
डाेटीमा खप्तड- शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगिता भएकाे छ ।
महाशिवरात्री तथा सेना दिवसकाे अवसरमा श्री भैरव प्रसाद गण सिलगढी डाेटीले जिल्ला सदरमुकाम सिलगढी स्थित टुडिखेल मैदानमा शुक्रबार प्रतियोगिता आयाेजना गरेकाे हाे ।
प्रतियोगितामा सबै भन्दा उत्कृष्ट नृत्य देखाउन सफल भइ श्री नव दिप विद्या निकेतन बाेडिङ स्कुल के.आई.सिंह गाउँपालिका प्रथम हुन सफल भएकाे छ । त्यस्तै द्वितीय पवित्र बाेडिङ स्कुल सिलगढी डाेटी भएकाे छ भने तृतीय सरस्वती माध्यमिक विद्यालय के.आई. सिंह गाउँपालिका वडा न. ५ रानागाउँ भएकाे छ ।
प्रतियोगितामा आफ्नाे उत्कृष्ट नृत्य देखाइ प्रथम नव दिप विद्या निकेतनल बाेडिङ स्कुलले रू १५ हजार प्राप्त गरेकाे छ । द्वितीय हुन सफल भइ पवित्र बाेडिङ स्कुल सिलगढीले रू १० हजार प्राप्त गरेकाे छ भने तृतीय सरस्वती माध्यमिक विद्यालयले रू ५ हजार प्राप्त गरेकाे छ ।

नृत्य प्रतियोगितामा जम्मा ८ वटा विद्यालयले नाम दिएकाे थियाे जसमध्ये ६ वडा विद्यालयकाे मात्र सहभागीता रहेकाे भैरव प्रसाद गणले जानकारी दिएकाे छ ।

खेलकुद तथा साँस्कृतिक कार्यक्रमले नेपाली सेना र नागरिककाे सम्बन्ध प्रघाट बनाउन,समाजिक,संस्कृतिकाे जगेर्ना गर्न ठूलाे सहयाेग पुग्ने प्रमुख सेनानी जनमत कार्कीले बताउनु भयाे ।

विगतका दिनमा आयाेजना गरेका कार्यक्रमबाट विभिन्न खेलका नयाँ नयाँ खेलाडी उत्पादन भएकाे बताउनु भयाे । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवद्वधन गर्न खप्तड जस्ताे पर्यटककाे सम्भावना बाेकेकाे क्षेत्रमा पर्यटन भित्र्याउन सहयाेग पुग्ने सेनानी कार्कीले बताउनु भयाे ।

डाेटेली लाेपाेउन्मुख तथा लुकेर रहेका संस्कृतिकाे जगेर्ना गरि बाहिर ल्याएर झल्काइ जिल्लालाई चिनाउन सकिने उहाँले बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.