माेहन ठकुल्ला
डाेटी,
२८ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) डोटीले दिप प्रज्वलन तथा फलफूल वितरण कार्यक्रम गरेकाे छ ।
साेमबार बिहान दिवसकाे अवसरमा जिल्ला अस्पताल डाेटीमा रहेका १८ जना बिरामीलाई फलफूल वितरण गरेकाे जिल्ला इन्चार्ज प्रकाश कठायतले बताए । बिरामीहरूकाे स्वास्थ्य लाभकाे कामना गर्दै व्यवस्थापन समिति अध्यक्ष, निमित्त मेसु र अन्य स्वास्थ्यकर्मी लगायतकाे सहभागीतामा फलफूल वितरण कार्यक्रम गरेकाे इन्चार्ज कठायतले बताए ।
त्यस्तै साेमबार साँझ दिवसकाे अवसरमा विद्यार्थी संगठनले सिलगढीमा दीप प्रज्वलन गरेकाे छ। सहिदहरु प्रति उच्च सम्मान साथ जनयुद्धमा तत्कालीन राज्यद्वारा बेपत्ताहरुको खोजी कार्यकाे अपिल, घाइते अपाङ्गहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गरिपाउ, अङ्गभङ्ग भएकाहरूलाई विशेष प्राथमिकतामा राखि पाउ, लगायतका माग राख्दै दीप प्रज्वलन कार्यक्रम गरेको जिल्ला संयाेजक टेकेन्द्र बहादुर बाेगटीले बताए ।
उक्त कार्यक्रममा विद्यार्थी नेता र कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।