डबल बम
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटिको आयोजनामा के. आई. सिँह गा,पा ४मा योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।
विश्व शान्ती महाअभियानका सुत्रदाता योग यात्रि बिस्नुको सहभागितामा के. आई. सिँह गाउँपालिका वायलमा ४ दिने पालिका स्तरीय वृहत योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रमको साेमबार समुद्घाटन गरियको छ।
उक्त योग कार्यक्रम विश्व शान्ती महाअभियानका सुत्रदाता योग यात्री विष्णु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका योग प्रशिक्षक बलदेव जोशीको प्रशिक्षणमा गरिने छ।
कार्यक्रममा योग, आयुर्वेद, खानपान तथा स्वास्थ जिवनशैलीको बारेमा र योगले मानव जिवनमा हुने फाइदाकाे बारेमा प्रशिक्षण गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीका योग प्रशिक्षक श्री बलदेव जोशीले जानकारी दिए।
योग, आयुर्वेद र प्राकृतिक खानपान तथा जिवनशैली आजको आवश्यकता रहेकोले सबैजनाले ब्यबहारमा लागू गर्नुपर्ने
के.आई. सिंह गापाका अध्यक्ष लोकेन्द्र ब. शाहीले बताए।
कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य,केआईसिंह गापाका विभिन्न वडाका वडा अध्यक्षहरु, गा. पा. मा कार्यरत विभिन्न शाखाका कर्मचारिहरु, स्थानिय जनताहरु तथा अन्य विभिन्न बौद्धिक व्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो।