माेहन ठकुल्ला
सिलगढी डाेटी,
जिल्ला सदरमुकाम सिलगडी स्थित कृषि विकास बैंक शाखामा सामाजिक सुरक्षा भत्ता रकम बुझ्नेको केही दिन यता घुइँचो लाग्न थालेकाे छ ।
भीडभाडका कारण भुक्तानी लिन आउने जेष्ठ नागरिकहरूले सास्ती खेप्नु परेकाे छ । भत्ता लिन आउनेकाे भीड लाग्न थालेपछि अन्य सेवाग्राही मर्कामा परेका छन् । बैंकमा समाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्न थालेपछि केही दिनदेखि रकम निक्षेप गर्न नपाएर फर्किनु परेको अन्य सेवाग्राहीले गुनासो गरेका छन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा न ९ मुछन्ताेलाकी कि ७० वर्षिय ढारू देवी बिक बिहान १० बजे देखि लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो महसुस भएकाे दुखेसाे पाेख्छिन् ।
बिहानै ९ बजे आएर बैंकमा भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन नभएपछि वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेप्न परेकाे सेवाग्राही कालु सिं आउजीले बताए ।
सामाजिक सुरक्षा भत्ता बुझि लिनकै लागि वडा न.८ गाेदाकी ढुल्ली आउजी घरबाट बिहानै आएर दिनकाे साढे ३ बजेसम्म पालाे नपाएकाे बताउछिन् । बिहानै घरबाट निस्किएर साँझ कालिरातमा ८ बजे घर पुग्नु परेकाे उनी गुनासाे गर्छिन् ।
सरकारले भत्ता वडा स्थरमा नै बाँडेको भए दुख पाउनु पर्थेन भन्ने कतिपय जेष्ठ नागरिककाे गुनासाे छ । तर कतिपय जेष्ठनागरीक भन्छन् बैंकबाट भत्ता दिने प्रणाली राम्राे छ वडा अथवा गाउँमा गएर वितरण गरेपछि आफूले नपाएकाे गुनासाे छ ।
बैंक प्राणालीबाट भत्ता वितरणले कति पय जेष्ठ नागरिकको मनमा खुसि छाएकाे छ भने , भाैगाेलिक विकटताका कारण कतिपय दुखि भएका छन् ।
ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता लगाएतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराए पनि बैंकिङ प्रणाली बाट सधै दु:ख पाउनु परेकाे कतिपयकाे चर्काे गुनासाे गरेका छन् ।