खप्तड- शैलेश्वरी दाैड प्रतियोगितामा सुनादेवि मावि प्रथम हुन सफल

माेहन ठकुल्ला
डाेटी,
खप्तड- शैलेश्वरी प्रथम अन्तर विद्यालय दाैड प्रतियोगितामा सुनादेवि माध्यामिक विद्यालय वडा न ८ प्रथम हुन सफल भएकाे छ ।
महाशिवरात्री तथा सेना दिवस २०७९अवसरमा श्री भैरव प्रसाद गणले आयाेजना गरेकाे ५ किलाेमिटर दाैडमा छात्र सुरेश साउदले ११ मिनेट २९ सेकेन्ड र छात्र विस्ना साउँदले १४ मिनेट ४८ सेण्डमा पुगेर प्रथम हुन सफल भएका हुन् । त्यस्तै श्री पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अध्यनरत दिलेन्द्र बाेहरा छात्रतर्फ द्वितीय भएका छन् भने श्री तेडि माध्यमिक विद्यालय कलेनामा अध्यनरत अप्सरा साउँद छात्रातर्फ द्वितीय भएकी छन् ।
त्यस्तै छात्रतर्फ तृतीय स्थानमा श्री पवित्र माध्यामिक विद्यालयका टेकेन्द्र कडायत र छात्रातर्फ श्री अनुदय आधारभूत विद्यालयकी सपना विश्वकर्मा तृतीय हुन सफल भएकी हुन्छ ।

प्रतियोगितामा छात्रछात्रा अन्तर्गत प्रथमले नगद रू १५००/- द्वितीयले नगद रू १०००/- तृतीयले नगद रू ५००/- सबैलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरेकाे सेनानी सन्ताेस चन्दले बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.