माेहन ठकुल्ला
डाेटी,
नेपाल कम्युनिष्ट पार्टी डाेटीले बैंक तथा वित्तिय संस्थाहरु बिरुद्ध विराेध प्रदर्शन गरेकाे छ । बैंककाे चर्को ब्याजदर, बित्तिय संस्थाका ज्यादती, महंगो ब्याजदर, धम्किपूर्ण व्यवहार र मिटर ब्याजका विरुद्धमा बिरोध प्रदर्शन गरेकाे पार्टीले जानकारी दिएकाे छ ।
शुक्रबार जिल्ला प्रशाशन कार्यालय डोटी अगाडि उक्त विषयमा बिरोध प्रदर्शन गरेको हो ।
नेपालमा विकास तथा बाणिज्य बैंक र बित्तिय संस्थाले पछिल्लो समय यता बढाएको ब्याजदरका कारणले आम सर्वसाधारण जनता तथा साना व्यवसायीले व्यवसाय गर्न नसकिरहेको अवस्था अबस्थाले विभिन्न आत्महत्या जस्ता घटनाहरू बढ्दै गएकाे जिल्ला सचिव मोहन कठायतले बताए ।
नागरिकलाई बेइमानी तरिकाले ब्याज लिएर दुःख दिने बैंक तथा वित्तिय संस्थाहरुलाई खारेज गर्न माग गरेकाे छ ।
बैंक तथा वित्तिय संस्थाको ज्यादती बन्द नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिन बाध्य हुने केन्द्रीय सदस्य बिमल धामीले बताए । देशैभर राष्ट्र बैंक सबै मौन रहेको भन्दै जनताले आत्महत्या गर्ने अवस्थाको वातावरण सिर्जनाकाे अन्त्य गर्न प्रदर्शन गरेकाे धामीले बताए ।