माेहन ठकुल्ला
डाेटी,
डाेटीमा जिप दुर्घटना भएकाे छ । शुक्रबार जिल्लाकाे के.आई. सिह गाउँपालिका वडा न १ लाेलीमा दिपायल देखि घाटलाया तर्फ जाँदै गरेकाे सु प प्र ०१२३००१ च ३३२९ नम्बरकाे जिप गय राति ११:३० बजे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिप दुर्घटना परि २ जनाकाे दुर्घटना स्थलमै मृत्यु भएकाे छ भने २ जना गम्भीर घाइते भएकाे र ४ जना सवार यात्रु सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका सहायक सुचना अधिकारी तथा प्रहरी उपरीक्षक लक्ष्मीराज जाेशीले बताउनु भएकाे छ ।
मृत्यु हुनेमा केआई सिह १ महादेबी बस्ने वर्ष ३६ का गाडि चालक गाेबिन्द शाही वडा न. २ जारीमभाडिका वर्ष ४१ का घन बहादुर तिरूवाकाे घटना स्थलमै मृत्युु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
गम्भीर घाइते हुनेमा वडा न.१ डुम्राकाेटका वर्ष २७ का तेज तिरूवा र निजकी श्रीमती वर्ष २६ की राधा तिरूवाकाे सुजङ अस्पताल राजपुर दिपायलमा उपचार भैरहेकाे छ । निजका छाेरा वर्ष ४ का समीर तिरूवा समान्य घाइते र अन्य सामान्य घाइते घरतर्फ गैसकेकाे जानकारी दिएकाे छ । जिपमा जम्मा ८ जना सवार यात्रु थिए ।
जिप सडक बाट करिव ५०/ ६० मिटर तल खसेको र घटना के कसरी भयाे भन्ने थप अनुसन्धान भैरहेकाे उपरीक्षक जाेशीले बताउनु भयाे ।