दिपायलकाे बासुधारा,जहाँ महाशिवरात्रीमा दर्जनौँ भक्तजनको लाग्ने गर्छ भिड

माेहन ठकुल्ला
सिलगढी डाेटी,
हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि पनि एक हो । विशेषगरी यो भगवान् शिवको प्रमुख पर्व मानिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा मनाइने जनविश्वास रहेकाे पाइन्छ ।

त्यस्तै शिवरात्रीकाे धार्मिक महत्त्व बाेकेकाे डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा न. ४ मा रहेकाे परिचित बासुधारा पनि एक हाे । वर्षाै देखि नदिकाे किनारमा अवस्थित गुफाहरू पनि रहेका छन् । प्राचिनकालमा उत्तर तिर बग्ने र सेती नदिकाे किनारमै २२ वटा पानीकाे धारा भएकाले बासुधारा नाम रहन गएकाे त्यहाँका पुजारीहरूकाे भनाइ रहेकाे छ । जहाँ बिहान ३ बजे देखि दिउसाेसम्म पनि पुजा गर्नेहरूकाे भिडभाड देख्न सकिन्छ ।

उत्तरामुखी भएर नदि उत्तम तरिकाले बग्ने र परापूर्वकालमा शिवकाे ठूलाे मन्दिर भएकाेले यस क्षेत्रमा महाशिवरात्रीमा भक्तजनको ठूलाे भिड लाग्न थालेकाे पुजारी कुल प्रसाद ओझाले बताउनु भयाे । शिव र पार्वती परापूर्वकालमा तपस्या गर्न आएका बेला त्यहाँ बसेका जनविश्वास रहेकाे पुजारी ओझाले बताउनु भयाे ।

६/७ वटा सेती नदिकाे किनारमा रहेका गुफाहरू निकै आश्चर्य लाग्दा देखिन्छन् । शिवरात्रीकाे दिन त्यहाँ दर्जनौं भक्तजनहरूकाे बिहान ३ बजे देखि नुवाइ धुवाइ गरेर पूजा गर्न थाल्दछन् ।

अहिले पहिलेकाे भन्दा केही स्वक्षेत्र विकसित हुँदै गएका कारण संरक्षणमा सहयाेग पुगेकाे पाइन्छ तर पहिलेका पानीका धारा सुकेर १/२ मात्र रहेकाे पुजारी नरेश ओझाले बताउनु भयाे ।

पुण्यभूमी जहाँ उत्तरमुखि भएर नदि बगेकाले संसारमा यसरी बगेकाे नदि काहिँ छैन् भन्ने त्यहाका पुजारी भक्तजनहरूकाे भनाइ छ । भारतमा बस्ने राजा दिलिपकाे सन्तान नहुँदा खेरि यश ठाउँ आएर सन्तान भएकाे त्यहाँका अर्का पुजारी प्रेम राज ओेझाले बताउनु भयाे ।

पहिले सुदुरपश्चिकाे क्षेत्रीय सदरमुकाम दिपायल भएका कारण भक्तजनहरू सेती नदिकाे किनारमा घुइँचो लाग्ने गर्थ्याे तर आज भाेलि भक्तजनहरू घटेकाे ओेझाले बताउनु भयाे ।

पहिले यस क्षेत्रमा शिवरात्रीकाे राति ठूलाे मेला हुने डेउडा, भजन, वाण जस्ता पछिल्लाे समयमा हराउदै गएकाे पुजारी ओेझा बताउनु हुन्छ । पहिले मन विद्या भएका र लेख विद्या नभएकाे मान्छेहरूकाे जमर्को हुने उहाँ बताउनु हुन्छ ।

मनले जे कुरा भगवान् शिवलाई माग्याे त्याे कुरा प्राप्त भइ सुख शान्ति दिने भएकाले यहाँ माघेसंक्रान्ति र महाशिवरात्रीमा पुजा गर्न आउने गरेकाे भक्तजनहरू बताउछन् ।

बासुधारामा कुनै बेला दुधका धारा बग्ने गरेकाे जनविश्वास पनि उत्तिकै पाइन्छ । पहिले हिडेर नदिकाे किनारै किनारमा दिपायल बजार बाट आउनु पर्थयाे भने आजभोलि विभिन्न सुविधा जन्य साधन भएकाले पछिल्लो समयमा दर्जनाै भक्तजनहरू आउने गरेकाे सावित्रा देविरी बराल र लालमति देवी घिमिरे बताउछिन् ।
पहिले आफ्ना स्ष्टमित्र छाेरीबेटीसँगकाे लामाे भेट यसै क्षेत्रमा हुने र विभिन्न डेउडा साँस्कृतिक झल्काउने गरेकाे उनिहरूकाे भनाई छ ।
२०४३ सालकाे बाढिले शिवकाे मन्दिर बगाए पनि अहिले भने फेरि शिवलिङ्ग बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.