गिरीचाैकामा नि:शुल्क आयुर्वेद शिविर, ४ सय भन्दा बढी नागरिकले स्वास्थ सेवा लिए

माेहन ठकुल्ला
डाेटी,
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायल डाेटीले नि:शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ शिविर सञ्चालन गरेकाे छ ।

जिल्लाकाे दुर्गम भेग आदर्श गाउँपालिका वडा न ६ गिरीचाैका माध्यमिक विद्यालय गिरीचाैका स्थित दुर्गम भेगका नागरिकलाई १ दिने नि:शुल्क स्वास्थ शिविर सेवा सञ्चालन गरेकाे हाे ।

६० देखि ७०% नागरिक नसर्ने राेगबाट ग्रस्त समाजमा लामाे समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिल्ने भएकाले आयुर्वेद जीवनशैली अपनाउनु जरूर रहेकाे दिपायलका निमित्त प्रमुख विद्या घिमिरे देउवाले बताउनु भयो ।

जहाँ आयुर्वेद पुगेकाे छैन, त्यस क्षेत्रमा आयुवेर्दकाे सेवा पुगाेस् र आयुर्वेद ओैषधी मात्र नभइ जीवन शैली हाे,यसकाे माध्यमले धेरै राेग निर्मुल पार्न सकिने प्रमुख देउबाले बताउनु भएकाे छ ।
प्राय: स्वास्थ संस्था बजारमुखी भएकाले २ वर्ष देखि जिल्लाकाे दुर्गम भेगका जनतालाई निःशुल्क शिविर सञ्चालन गर्दै आएकाे बताउनु भयाे । बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म उक्त सञ्चालन गरेकाे शिविरमा ४ सय ९६ जनाले स्वास्थ सेवा लिएका छन् । जस अन्तर्गत १ सय ९६ पुरुष, ३ सय ०१ महिलाले स्वास्थ सेवा लिएकाे निमित्त प्रमुख घिमिरेले बताउनु भएकाे छ ।

जिल्लाकाे दुर्गम क्षेत्र गिरीचाैकामा पिछडिएका जेष्ठ लगायत सम्पूर्ण नागरिकका लागि शिविर स्वास्थ शिविर स्वागत याेग्य हुने वडा नम्बर ६ का वडा अध्यक्ष लाल बहादुर खडायतले बताउनु भयो ।
सरकारले स्वास्थ क्षेत्रलाई मुख्य प्राथमिकता राखेता पनि भाैगाेलिक विकटताले अझै दुरदराजमा जनताले राेग पालेर बस्नु परेकाे छ । महिलाहरू शिविरमा चेकजाँच गर्दा महिलाकाे सेताे पानी बग्ने गनाउने चिलाउने, तल्लाेपेट दुख्ने, महिनावारी गढबडी, पिसाव सम्बन्धि, स्त्री राेगले पिडित, छाला सम्बन्धिका बिरामी आएकाे डा.प्रविना श्रेष्ठले बताउनु भयाे ।

डा. सन्ताेष सिंह थापाका अनुसार शिविरमा टाउकाे तथा मानसिक राेग,याैनराेग,दिर्घ राेग, उच्च रक्तचाप, अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग,पाईल्स, फिसर,फिस्टुला, वाथ, खाना नपच्ने, जाेराे, मुख तथा घाँटी राेग खोकी लाग्ने र स्वासप्रश्वास सम्बन्धि रोगको उपचार भएको थियो ।शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधि समेत बिरामीलाई उपलब्ध गराएकाे छ । वयस्क, बालबालिका देखि बृद्धबृद्धा सम्मले स्वास्थ्य सेवा लिए ।
त्यस्तै स्वस्थ जीवन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरूकाे लागि प्रति व्यक्तिकाे दरले एउटा लठ्ठी वितरण गरेकाे आयुर्झ सेवा केन्द्रले जानकारी दिएकाे छ ।

Leave A Reply

Your email address will not be published.