जिल्ला अस्पताल डोटीमा नि:शुल्क १० जना महिलाकाे शल्यक्रिया

माेहन ठकुल्ला
डाेटी,
सदरमुकाम स्थित जिल्ला अस्पताल डोटीमा आंङ खसेका तथा पाठेघर झरेका १० जना महिलाहरूको (हिस्टेरेकटोमी) अप्रेसन सेवा गरेकाे छ । शुक्रबार र सनिवार गरि बाेगटान फुड्सिल गाउँपालिकाका ८ जना, शिखर नगरपालिकाका १ र आदर्श गाउँपालिका १ जना गरि जम्मा १० जना महिलाकाे नि:शुल्क महिलाहरूको सफल अप्रेसन (शल्यक्रिया) सेवा गरेकाे अस्पताले जानकारी दिएकाे छ ।
जिल्ला अस्पताल डाेटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठका अनुसार डडेल्धुरा अस्पतालका डा.सुरेन्द्र भट्ट, जिल्ला अस्पताल डोटीका डा. प्रकाश ठकुल्लाकाे संयुक्त सहयाेगमा अप्रेसन (शल्यक्रिया) सेवा सफल गरेकाे छ ।
अप्रेसन गर्न आउनेहरूकाे लागि खान,बस्न,वेडभर्ना लगायत सम्पूर्ण सेवा नि:शुल्क रहेकाे डा. श्रेष्ठले बताउनु भएकाे छ ।
यो सेवालाई अस्पतालले नियमित सेवामा राखेको छ । एक दुई हप्ताको फरकमा अस्पतालमा पाठेघर खसेका महिलाको अप्रेसन गरिने हुँदा समस्या भएका महिलालाइ अस्पतालमा सम्पर्क गर्न मेसु श्रेष्ठले अनुरोध गर्नुभएको छ । यहीँ आर्थिक वर्षमा १६ जना महिलाहरूकाे सफलरूपमा नि:शुल्क अप्रेसन (शल्यक्रिया) सेवा गरेकाे बताउनु भयाे । पछिल्लो समयमा अस्पतालले स्वास्थ सेवामा फड्को मार्दै गएकाे छ ।

त्यसै फाेगटान फुड्सिल गाउँपालिकाले “महिलासँग उपाध्यक्ष कार्यक्रम” अन्तर्गत अस्पतालमा नि:शुल्क अप्रेसन (शल्यक्रिया) सेवा प्रवाह भएपछि ७ वटै वडा भित्रका आंङ खसेका तथा पाठेघर झरेका र अप्रेसन गर्न ईच्छुक महिलाहरूलाई नि:शुल्करूपमा सहयाग गर्ने उपाध्यक्ष बिस्ना बमले जानकारी दिनुभएकाे छ । ७ वटै वडा भित्रका पाठेघरकाे अप्रेसन गर्न ईच्छुक महिलाहरूलाई गाडि भाडा खान बस्न सहित व्यवस्थापन गरेकाे उपाध्यक्ष बमले बताउनु भयाे । “महिलासँग उपाध्यक्ष कार्यक्रम” २०७४ देखि लागु भएकाे र याे कार्यक्रम निरन्तर चलिरहने बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.