खानेपानी भर्न बिहानै पालाे कुर्नु पर्छ,गिरीचाैकाकी -दुर्गा देवी

माेहन ठकुल्ला
डाेटी,
आदर्श गाउँपालिका ६ गिरीचाैकाकी दुर्गा देवी जाेशी पानी भर्नकाे लागि खालि भाँडा हातमा समाइ बिहान ७ बजेदेखि पालाे कुर्नु हुन्छ ।

टाेड्पिलाकी जाेशी घरकाे अन्य कामकाज थाती राखि आफ्नाे पालाे कति खेर आउँछ भनेर उहाँले भन्नू भयाे ‘ बेन्निलै बाटी है ९ बज्यासम्म कतिबेला पालाे आउन्याहाे, आज आउन्या हाेकी भाेल थाहा नै” उहाँले भन्नुभयाे । पानी भर्ने पालाे नपुगेपछि खाली भाँडाकुँडा धारामा राखेर रित्तो हात घर फर्किनु पर्ने हुन्छ, दाेस्राे दिन बिहान पालाे छाेप्नु पर्ने बाध्ता रहेकाे उहाँको गुनासाे छ ।
त्यस्तै वडा न ६ टाेड्पिलाकि जानकी जाेशी (क्षिशिका) बिहानै पानी भर्न भनेर धारामा बस्नु हुन्छ तर कहिलेकाहीँ पानी नआउदा आफ्दै दैनिकी पेसामा समेत बाधा समेत पुग्ने गरेकाे उनले बताइन् ।

आर्बी डब्लु आरएम (RBWRM) काे ग्रामीण जलस्राेत व्यवस्थापन परियाेजना अन्तर्गत २०६७ सालमा गाउँमा ल्याएकाे थियाे । संस्थाले २० वर्षसम्म पानीकाे (पाइप) लाइन बिग्रेको खण्डमा रेखदेख गर्ने सम्झौता पनि गरेकाे थियाे संस्था फर्केकाे छैन् । अहिले त्यस क्षेत्रमा पानी चुहावट हुँदा दैनिक खानेपानीकाे लागि जनताहरूले सास्ती भाेग्नु परेकाे स्थानीयकाे भनाइ छ ।
मुहानबाट ढाइ किलाेमिटर देखि गाउँमा पुगेकाे पानी करिब ५ सय घरदुरीलाई ट्याङ्कीबाट बिहान २ घण्टा मात्र वितरण हुने गरेकाे खानेपानी समिति अध्यक्ष नर बहादुर खडायतले बताउनु भयाे ।
खडायत साेहि ठाउँ स्थित गिरीचाैका माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुनुहुन्छ । उहाँले भन्नू भयाे ” विद्यालयमा ६ सय जना विद्यार्थीहरू छन् कहिलेकाही पानी नआएकाे समयमा विद्यालयमा पठनपाठन बन्द गर्ने अबस्था सिर्जना हुने गरेकाे बताउनु ।”

वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतका अनुसार खानेपानीकाे एउटा मात्र मुहान भएकाे मुहानकाे अभावले जनताले सास्ती भाेग्नु परेकाे उहाँको भनाइ छ । खानेपानीकाे व्यवस्थापन गर्नकाे लागि साेलार लिफ्टकाे प्रयाेग गर्न सकिने अध्यक्ष खडायतले बताउनु भयाे ।

अध्यक्ष खडायत भन्नुहुन्छ ” पछिल्लो समयमा वनमा आगलागी र जताततै दुर्गम भेगमा राेड खन्दा पानी सुक्दै गएकाे उहाँको भनाइ छ ।

पानीकाे अभावले त्यस क्षेत्रका जनताहरू छालाराेग लगायतका विभिन्न संक्रामक राेगवाट ग्रसित बिरामीहरूकाे ठूलाे संख्या रहेकाे जिल्ला आयुर्वेद दिपायलका निमित्त प्रमुख बिध्या देउवाले बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.