माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा ११३ ओैँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ समापन भएकाे छ ।
बुधबार “लैङ्गकि समानताकाे बलियाे आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने मुल नाराका साथ दिपायल एर्पाेट बजारमा र्याली प्रदर्शन निकाली नगरपालिकाकाे वडा न ३ स्थित दिल्पेश्वर मठ नजिक खेलमैदानमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे हाे ।
दिवसकाे अवसरमा नगर स्तरिय सन्देशमुलक डेउडा कार्यक्रम गरेकाे थियाे । कार्यक्रम अन्तर्गत सम्पूर्ण वडाका महिलाहरूले आ-आफ्नो वडा बाट डेउडा प्रदर्शनी देखाएकाे नगरपालिकाले जानकारी दिएकाे छ ।
डेउडा कार्यक्रममा भागलिने १ देखि ९ नम्बर वडाका सम्पूर्ण महिलाहरूलाई प्रमाणपत्र सहि नगद रू १०,०००/- पुरस्कार वितरण गरिएकाे छ । जिल्लामा रहेका भिन्न सहयाेगी संस्थालाई प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।
समाजमा रहेका लैङ्गकि हिंसा,बालविवाह,बहुविवाह, महिला हिंसा लगायतका विभिन्न घटनाहरूकाे अन्त्य गर्न सबै निकायले भूमिका खेल्नु पर्ने डाेटी जिल्ला प्रमख अधिकारी कल्पना श्रेष्ठले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा नगरपालिकाका नगरप्रमुख बाजि सिंह खड्का (विजयी) ले समाजलाई अगाडि बटाउन समाजमा रहेका कुसंस्कार हटाइ महिलाई अगाडि बढाउन विशेष भुमिका खेल्ने बताउनु भयाे । महिला दिवसले महिलाहरूकाे क्षमता अभिवृद्धिमा सहयाेग पुग्ने प्रमुख खड्काले बताउनु भयाे ।
महिलाहरूले आफ्ना भावना, कुण्ठाहरूलाई देउडा गीत मार्फत प्रस्तुत गरेकाे भन्दै कार्यक्रमका सभादक्ष तथा दिपायल सिलगढी नगरपालिका नगर उप- प्रमुख कल्पना साउदले सम्पूर्ण महिलाहरूलाई धन्यवाद ज्ञापन साथ शुभकामना दिइन्।
कार्यक्रममा जिल्ला भित्र रहेका सरकारी निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि ,जनप्रतिनिधि सुरक्षाकर्मी, पत्रकार स्थानियकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।
उक्त दिवस जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी सक्रिय संघसंस्थाताकाे सहयाेग, समन्वय,सहकार्यमा भएकाे थियाे ।