शुल्क लिन्छ नगरपालिका, छैन व्यवस्थापन र सुरक्षा

माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे दिपायलमा रहेको झाेलुङ्गे पुल (भाइरल पुल) का नामले परिचित छ । यो पुल दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र ५ लाई जोड्ने गरि द्वारी खोलामाथि पर्यटक भित्र्याउने उदेश्यले निर्माण गरिएक‍ो हो । पुल निर्माण भए लगत्तै यहाँ पर्यटकको संख्या पनि बढेको थियो । दैनिक सयौंको संख्या पर्यटक आउने यहाँ आजभोलि शून्य जस्तै भएको छ ।

नगरपालिकाले पुल व्यवस्थित बनाउने भन्दै पुल हेर्न आउने प्रति पर्यटकबाट १५ रुपैयाँ लिने गरेको छ । नगरपालिकाले शुल्क लिने भनेपछि कतिपयले बिरोध समेत गरेका थिए । शुल्क उठाइसकेपछि त्यहाँसम्म पुग्ने बाटो, खानेपानी लगायतका पुर्वाधारमा बनाउन तर्फ ध्यान दिनुपर्ने उनिहरुको भनाइ थियोे । अहिले पुलसम्म पुग्ने बाटो दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । यसतर्फ नगरपालिकाले ध्यान दिएको देखेदैन । नयाँ बाटो निर्माण गर्नु त कता हो कता दुधेश्वर र काेटभैरव जानका लागि निर्माण गरिएको बाटो भत्किदासम्म मर्मत गरिएक‍ो छैन् ।

पुल निर्माण हुनुभन्दा पहिला बनेको बाटाेमा रहेका रेलिङहरू अहिले तोडिएका छन् । उचित फाेहाेरमैला व्यवस्थापन र सुरक्षाको अभावले त्यहाँकाे धार्मिक र ऐतिहासिक अस्तित्व गुम्न सक्ने आकलन हुन थालेको छ । पुलको थप ब्यवस्थापन र पहुँच मार्ग निर्माण नहुँदा जताततै वातावरण दुर्गन्धित बन्न पुगेकाे छ । जसका कारणले पर्यटक घट्दै गएकाे कर कर्मचारी अम्मर बहादुर राेका मगरले बताउनु भयाे ।

पुलकाे रेखदेख र व्यवस्थापनका लागि नगरपालिकालाई जिम्मा दिएता पनि नगरपालिकाकाे ध्यान केन्द्रित नहुँदा बाटाेघाटाे लगायत अन्य वातावरण तहसनहस भएकाे छ ।

बाटाे राम्राे नभएका कारण यहाँ घुम्न आउने पर्यटकहरूलाई चाेट पटक लाग्न सक्ने सम्भावना बढ्दै गएकाे छ । बाटाेमा रेलिङहरू फिजिएका कारण दुर्घटना हुने उच्च जाेखिम रहेकाे छ ।

नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको कुल ९६ लाख ३९ हजार ७ सय ५८ लागतमा पुलको निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.