भागरती एकेडेमी स्कुलमा वरिष्ठ प्रशिक्षकद्वारा विद्यार्थीलाई प्रशिक्षण तथा विदाई

माेहन ठकुल्ला
डाेटी,

डाेटीकाे सिलगढी स्थित श्री भागरती एकेडेमीले पहिलो पटक एस ई ई (कक्षा १० ) का विद्यार्थीकाे प्रशिक्षण तथा विदाइ कार्यक्रम गरेकाे छ ।
आइतबार वरिष्ठ प्रशिक्षक शिक्षा तालीम केन्द्र तथा प्रदेश कार्यालय दिपायलका प्राविधिक अधीकृत भीम प्रसाद पनेरूको उपस्थीतीमा पहिलाे पटक विद्यार्थीकाे विदाइ कार्यक्रम गरेकाे प्रधानाध्यापक हेमराज मलासीले बताउनु भयाे ।

प्रशिक्षक पनेरुद्वारा विद्यार्थीको भविष्य निर्माणका आधार, विद्यार्थी जीवनको महत्व, शिक्षक तथा अभिभावकसँगको शैक्षिक भेटघाट लगायतकाे विषयमा छलफल भएकाे प्रधानाध्यापक मलासीले बताउनु भयाे ।

प्राविधिक शिक्षालाई साथी बनाएर अघि बढ्ने, विदेश भन्दा स्वदेशलाई प्राथमिकतामा राख्ने, विद्यार्थी जीवनमा अनुशासनको महत्व,विद्यार्थी प्रति शिक्षक तथा अभिभावककाे दायित्व, व्यवहारिक र सैद्धान्तिक ज्ञान र शिक्षाको अन्तर र महत्व,आफु र आफ्नो समाज प्रति उत्तरदायी तथा जीम्मेवारी बहन लगायतका विभिन्न विषयमा सम्पूर्ण विद्यार्थीलाई प्रशिक्षण
दिएकाे बताएकाे छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई शुभकामना प्रदान लगायत विद्यार्थीको उज्वल भविष्यको कामना सहित विभिन्न सांस्कृतीक र मनोरञ्जनात्मक कार्यक्रमका साथ कार्यक्रम सम्पन्न भएकाे विद्यालयले जानकारी दिएकाे छ ।

Leave A Reply

Your email address will not be published.