डाेटीमा दुई दिने पत्रकार क्षमता विकास कार्यक्रम सुरू

माेहन ठकुल्ला,डाेटी
डाेटीमा पत्रकार क्षमता विकास कार्यक्रम सुरू भएकाे छ । मंगलबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिकाे आयाेजनामा पत्रकार क्षमता विकास दुई दिने कार्यक्रम सुरू भएकाे हाे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेश सरकारकाे सहकार्यमा न्यु मिडिया सम्बन्धि प्रशिक्षण कार्यक्रम ओैपचारिक रूपमा उद्घाटन गरिएकाे डाेटी जिल्ला पत्रकार महासंघ अध्यक्ष माेहन शाहीले बताउनु भयाे ।

सुदुरपश्चिम प्रदेश प्राकृतिक रूपमा धनी हाे, यसकाे संसार जगतमा प्रचारप्रसार गर्न पत्रकार जगतले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने दिपायल उच्च अदालतका मूख्य न्यायाधीश निर्प ध्वज निराैले बताउनु भयाे । समाजमा भएका विकृति विसंगति बालविवाह, बहुविवाह , हत्या, हिंसा, बलत्कार इत्यादि समाजिक घटनाहरूका विषयमा सञ्चार अथवा पत्रकार जगतकाे सन्देशमूलक भूमिका खेल्नु पर्ने मूख्य न्यायाधीश निराैलाले बताउनु भयाे ।

प्रशिक्षण कार्यक्रमा सुदुरपश्चिम प्रदेश अन्तर्गत ७ वटा पहाडी जिल्लामा रहेका सक्रिय पत्रमारहरूकाे सहभागीता रहेकाे छ ।

उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुने भएकाे छ । कार्यक्रम दिपायल हाेटेल बर्षामा भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.