डोटी, बैशाख १३
सुबास नेपाली
डाेटीमा जिपबाट खसेर गम्भिर घाइते भएका एक बालकको हेलिकप्टरद्वारा उद्धार गरिएकाे छ । जिल्लाकाे दिपायल सिलगढि नगरपालिका वडा नं ९ बस्ने राम बहादुर बिकका १२ वर्षीय छोरा मोहन बिक जिपबाट सडकमा खसेपछि टाउकोमा गम्भीर चोट लागेको कारण उद्वार गरिएकाे हाे । जिल्ला अस्पताल डोटीमा घाइटे बालकाे उपचार सम्भव नभएपछि भैरव प्रसाद गण, दिपायल सिलगढि नगरपालिका वडा नं ६ र नगरपालिकाको संयुक्त पहलमा नेपालगञ्ज पठाएकाे वडा अध्यक्ष नरेश मलासीले बताउनु भएकाे छ ।
नेपाली सेनाको एन ए ०५५ कलसाइन हेलिकप्टर द्वारा उद्धार गरि नेपालगन्ज मेडिकल कलेजमा घाइते बालककाे उपचार भैरहेको भैरव प्रसाद गणका प्रमुख सेनानी जनमत बाहदुर कार्कीले जानकारी दिनुभएकाे छ । पछिल्लो समयमा सिलगढी स्थित भैरव प्रसाद गणले जनतालाई सुरक्षाको प्रत्याभूत गराउन जनतासँगको सहकार्य सर्वाेपरि ठान्दै जनताका दुख जकष्टमा साथ दिदै आएको छ । प्राकृतिक प्रकोप,दुर्घटना,सुत्केरी उद्धारकाका कार्यमा भैरव प्रसाद गण सेवामा तल्लिन रहेको आगामी दिनमा पनि सेवामा कटिबद्ध रहने प्रमुख सेनानी कार्कीले बताउनु भएकाे छ ।