डाेटीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन,६३० नागरिकले सेवा लिए

माेहन ठकुल्ला
डाेटी,

डाेटीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ ।

सनिवार दिपायल सिलगढी नगरपालिका वडा न. ६ , श्री भैरव प्रसाद गण सिलगढी डाेटी, माया मेट्राे अस्पताल धनगढी कैलाली र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा शिविर सञ्चालन भएकाे हाे ।
आर्थिक अभावका कारण लामाे समयसम्म रोग पालेर बसेका बिरामीहरुका लागी विशेषज्ञ चिकित्सकमार्फत नि: शुल्क स्वास्थ शिविर सञ्चालन गरेकाे दिपायल सिलगढी नगरपालिका वडा न ६ वडा अध्यक्ष नरेश मलासीले बताउनु भयाे । जिल्लाकाे दुर्गम तथा आर्थिक रूपले निम्न भएकै कारण लामाे समय देखि राेग पालेर बस्नेका नागरिककाे लागि नि:शुल्क शिवर सेवा दिएकाे अध्यक्ष मलासीले बताउनु भएकाे छ ।
उक्त एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा हड्डी तथा नसा राेग, बालराेग, स्त्री राेग, छाला तथा याैन राेग, दन्त राेग, इन्टरमेडिसिन लगाएतका राेग सम्बन्धी सेवा दिएकाे जिल्ला अस्पताल डाेटीका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले बताउनु भयाे । शिविरमा ३९४ जना महिला १६८ जना पुरूष ७८ बालबालिका गरि जम्मा ६३० जना नागरिकले सेवा लिएकाे डा. श्रेष्ठले जानकारी दिनुभएको छ । शिविर बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालन गरेकाे थियाे । जसमा दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउपालिका, आदर्श गाउपालिका, केआइसिंह गाउपालिका, सायल गाउपालिका बिरामीहरुले सेवा लिएकाे आयाेजकले जानकारी दिएकाे छ । उक्त एक दिने नि:शुल्क स्वास्थ शिविरमा सेवाग्राहिहरूकाे घुइँचो लागेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.