माेहन ठकुल्ला
डाेटी,
डाेटीकाे पुर्वीचाैकी गाउँपालिका वडा न २ मा अबस्थित भारताेली माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेकाे छ ।
केही दिन अगाडि आएकाे हावाहुरीले विद्यालयकाे छाना उडाएकाे उक्त विद्यालयका प्रधानाध्यापक गणेश बहादुर कुँवरले बताउनुभयो । कक्षा १ र ३ पढाइ हुने उक्त २ काेठे भवनकाे छाना र वालसहित पुर्णरूपमा क्षति भएकाे प्रधानाध्यापक कुँवरले बताउनु भयाे ।
कक्षा सञ्चालन गर्न अन्य भवन नहुँदा पठनपाठनमा अबरोध आएकाे उहाँले बताउनुभयाे । अहिले विद्यार्थीलाई बाहिर चाैरमा राखेर पठनपाठन गर्नु पर्ने अबस्था सिर्जना भएकाे कुँवरले जानकारी दिनु भयाे । माैसममा खराबी तथा पानी परेकाे दिन पठनपाठन बन्द गर्नु पर्ने वातावरण सिर्जना भएकाे उहाँकाे भनाइ छ । हावाहुरीले छाना र वाल सहित पुरै चर्काएका कारण मर्मत गर्न पनि सम्भव नभएकाे प्रधानाध्यापक कुँवरले जानकारी दिनुभएको छ ।
विद्यालयकाे भवनमा भाैतिक क्षति पुगेर पठनपाठनमा समस्या प्रति आफू चिन्तित भएकाे वडा अध्यक्ष याेगेन्द्र ठकुल्लाले बताउनु भयाे। आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकामा मर्मत तथा निर्माणकाे लागि बजेट छ छैन भन्ने विषयमा बुझेर छिट्टै समस्या समाधान गर्ने अध्यक्ष ठकुल्लाकाे भनाइ छ । सम्भवतः गाउँपालिका बाट आर्थिक स्राेत जुटेपछि छिट्टै मर्मत तथा निर्माणकाे काम अगाडि बढाउने उहाँले बताउनु भयाे ।