माेहन ठकुल्ला
डाेटी
दलित महिला संघ (फेडाे) डाेटीले बृहत् राहत प्याकेज सामाग्री वितरण गरेकाे छ ।
“आघात पछिकाे सशक्तीकरणकाे बाटाे” भन्ने मूल नाराका साथ आइतबार र साेमबार गरि जुरी नेपालकाे आयाेजनामा दिपायल सिलगढी नगरपालिका वडा न ५ र ६ र शिखर नगरपालिका वडा ६ र ९ का दलित समुदायलाई हाम्राे सहकार्य परियोजना अन्तर्गत बृहत राहत वितरण गरेकाे हाे ।
दलित समुदायका आयस्तर न्युन, अपाङ, आयस्रोत नभएका एकल महिला, बेसाहारा, दैनिक ज्याल मजदुरी गर्ने, विपन्न , दिर्घ राेगी, एचआईभी संक्रमित लगायत दलित समुदायलाई ३ महिना खान पुग्ने गरि खाद्यन्न वितरण गरेकाे छ ।
दुई दिने राहत वितरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका ३५ शिखर नगरपालिकाका ३५ गरि जम्मा ७० दलित समुदायका परिवारलाई राहत वितरण गरेकाे हाे । दाल, चामल, नुन, तेल, सावुन, चिनी, जीवनजल, सिटामाेल, सेनिटरी प्याड, ग्याँस चुलाे, कपास गरि प्रतिव्यक्तिलाई रू १५ हजार ६ सय २८ गरि जम्मा ११ लाख ७२ हजार १ सय बराबरको खाद्यान्न तथा राहत वितरण गरेकाे जुरी नेपालले जानकारी दिएकाे छ ।
तीन महिनासम्म खान पुग्ने गरि दिएकाे राहदले दैनिक मजदुरी गरेर खानेहरूले कामबाट ल्याएकाे पैसा केही बचत गरि घरेलु व्यवसाय स्थापना गर्न सकिने दलित महिला संघ (फेडाे) डाेटीका शंकर बिश्वमर्माले बताए । लक्ष्यित तथा अति विपन्न परिवारलाई केहि महिनासम्म खान पुगेपछि दैनिक मजदुरी गरेकाे रूपैयाँले आफ्नाे छाेराछाेरी पढाउन लेखाउनमा सहयाेग पुगाेस भन्ने हेतुले वितरण गरेकाे संयाेजक विश्वकर्माले बताए ।
उक्त हाम्राे सहकार्य परियोजना डाेटी जिल्लाका ३ वटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका वडा न ५ र ६ , शिखर नगरपालिका, वडा न ६ र ९ बडिकेदार गाउँपालिकाका वडा न १ र २ मा लागू भएकाे छ ।
संस्थाले अहिले परियाेजना लागू भएकाे स्थानिय तहमा वडामा स्वयम् साहेता पैरवी महिला समूह बनाएकाे छ । जसले आफ्नाे क्षेत्रमा रहेका विशेष आवश्यकता भएका परिवारलाई छनाेट गरि राहत दिलाएकाे समुहमा बस्ने महिलाहरूकाे भनाइ छ ।
जाे संस्थाले जनाताकाे चुलाे बाल्ने कार्य गर्छ त्याे संस्थासँग सधै हातेमालाे गरेर अगाडि बढ्ने शिखर नगरपालिका नगर प्रमुख दिर्घ बहादुर बलायरले खुसी व्यक्त गर्दै यस्ताे बताएका हुन् ।
मान्छेकाे चेतना परिवर्तन गर्नु भन्दा पहिले त पेटमा चाहियाे त्यसपछि बल्ल चेतनामा परिवर्तन आउने नगर प्रमुख बलायरले बताए ।
आफ्नाे दैनिकी गुजारा गर्न राहत पाउँदा दुर्गा शाेपले खुसी व्यक्त गरिन । काम गरेर दैनिकी चलाउन खाेज्दा काम नपाएकाे उहाँकाे भनाइ छ । दिनभरी परिश्रम गरेर साँझ चुलाे बाल्ने गरेकाे धनी दमाइले बताइन् । घरमा कृषि तथा घरायसी काम गरेर दुई महिना पनि खान पुग्दैन । दिन भरि मजदुर गरेर साँझ २ सय रूपैयाँले अगेनामा आगाे बाल्नु परेकाे शिखर नगरपालिका ९ कि लक्ष्मी भण्डारीले बताईन् । आफूलाई खान खेति लगाउदा पनि जंगली जनावरले सखाप पार्ने गरेकाे केशरी ढाेलीले बताइन् । शिखर नगरपालिका ९ कि अपांग मंगला देवि लुहार भन्छिन् कुनै ठाउँबाट सेवासुविधा पाएकी छैन् दुबै हात चलाउन मिल्दैन घरमा एक्ली छु राहदले चित्त बुझाउनु परेकाे उनी भन्छिन् ।