खापर आधारभूत विद्यालयकाे नबनिर्मित भवन उद्घाटन

लक्ष्मण बिष्ट
डाेटी,
डोटीकाे पूर्वीचौकी गाउँपालीका वडा.१ खिरसैन बयल डाँडा स्थित श्री खापर आधारभूत बिद्यायालयकाे नयाँ भवनकाे उद्घाटन गरिएकाे छ ।

साेमवार सामाजिक विकास कार्यालय दिपायल डोटीकाे लगानीमा निर्माण गरिएकाे उक्त दुई कोठे नबनिर्मित भवनको सुदुरपश्चिम प्रदेश पूर्व सांसद भरत बहादुर खड्काद्वारा उद्घाटन गरेकाे हाे ।

“शिक्षा बिना विकास सम्भव हुदैन” भन्ने मुल नाराका साथ वि.स २०५० सालमा स्थापना भएर पठनपाठन थालनी गरेकाे थियाे । विद्यालयले जिल्ला शिक्षा कार्यलयबाट स्वीकृती प्राप्त गरेपछि वि.स २०५३ सालमा कक्षा १देखि ३ सम्म कम्जोर भौतिक तथा आर्थिक परिस्थितिका बाबजुद पठनपाठन सुरू गरेकाे थियाे ।

तत्कालीन विद्यायालय व्यवस्थापन समितिले विद्यालयलाई वर्तमान समयमा गुणस्तरीय बनाउनमा ठूलाे भूमिका रहेकाे वर्तमान विद्यालय व्यवस्थापन अध्यक्ष गणेश बहादुर खड्काले बताए । विद्यालयको समग्र विकासकाे लागि स्थापना कालदेखि वर्तमान समयसम्म जग्गादाता, चन्दादाता, शिक्षा प्रेमी अभिभावकले महत्त्वपूर्ण भूमिका खेलेकाे अध्यक्ष खड्काकाे भनाइ छ ।

सुदुरपश्चिम प्रदेशका पूर्व सांसद भरत बहादुर खड्काका अनुसार बिकास सबैको साझा भएकाले शिक्षामा जातजाती महिला पुरुष नभनेर समानता कायम राख्नु पर्ने बताए । अभिभावकले आफ्नाे छाेराछाेरीलाई गर्ने भेदभावकाे अन्त्य गरि समान व्यवहार र शिक्षामा जाेड दिनु प्रमुख खड्काले बताए ।

उक्त कार्यक्रममा पूर्वीचाैकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, नेपाल रेडक्रस सोसाइटी डोटीका प्रतिनिधि, स्थानीय अभिभावक, जनप्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.