खप्तड भलिबल प्रतियोगिताकाे उपाधि अछाम साफेबगरले हात पार्‍याे

सुबास नेपाली
डाेटी,

खप्तड गंगा दशहरा मेलाको अवसरमा खप्तडमा भएकाे खुला भलिबल प्रतियोगिताको उपाधि अछाम साफेबगर नगरपालिकाले हात पारेको छ ।

सुदुर पश्चिम खेलकुद परिषद कैलाली ,उद्योग बाणिज्य संघ डोटी र नेपाली सेनाको संयुक्त आयाेजनामा भएको भलिबल प्रतियोगितामा खप्तड राष्ट्रिय निकुञ्जलाई २५-१७,२५-२३ र २५-१९ को साेझाे सेटले पराजित गर्दै अछाम साफेबगर नगरपालिकाले विजयी हाँसिल गरेकाे हाे । त्यस्तै उपविजेता बनेकाे खप्तड राष्ट्रिय निकुञ्जले दाेस्राे स्थानमा चित्त बुझाउनु पर्यो भने खप्तड मध्यवर्ती व्यवस्थापन समितिले तेस्रो स्थान हासिल गरेकाे छ ।

प्रतियोगितामा प्रथम टिमले रू ५० हजार , द्वितीय टिमले रू ३० हजार र तृतीय टिमले रू २० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

उक्त प्रतियोगितामा ४ वटा जिल्ला बाट १६ टिमकाे सहभागिता जनाएको थियाे ।

Leave A Reply

Your email address will not be published.