बैभव कम्प्युटर एजुकेसनद्वारा डाेटीमा पहिलाे पटक कम्प्युटर टाइप रेसर प्रतियोगिता

माेहन ठकुल्ला
डाेटी,

डाेटीमा पहिलाे पटक कम्प्युटर टाइप रेसर प्रतियोगितामा भएकाे छ । शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसकाे उपलक्ष्यमा बैभव कम्प्युटर एजुकेसन सिलगढी डाेटीले उक्त प्रतियोगिता आयाेजना गरेकाे हाे ।
यस वर्षकाे ‘ दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ ; नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास’ भन्ने मूल नारालाई मध्यनजर गर्दै कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू बीच कम्प्युटर टाइप रेसर प्रतियोगिता आयाेजना गरेकाे बैभव कम्प्युटर एजुकेसनले जानकारी दिएकाे छ ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू बिच प्रतिस्पर्धा हुदा पबित्र माध्यमिक विद्यालयमा अध्ययनरत आसुताेस श्रेष्ठ प्रथम भएका छन् भने माेर्निङ लाइट बाेर्डिङ स्कुलमा अध्ययनरत आयुष सिंह द्वितीय भएका छन् । त्यस्तै पद्म पब्लिक मुक्ति नारायण माध्यामिक विद्यालयमा अध्ययनरत अशाेक कुँवरले तृतीय स्थान हाँशील गरेका छन् ।

वर्तमान समयमा प्राविधिक सीप अत्यावश्यक भएकाले युवाहरुलाई प्राविधिक क्षेत्रमा सिपको विकास गरी कम्प्युटरको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयाेजना गरेकाे बैभव कम्प्युटर एजुकेसनका सञ्चालक बिक्रम केसीले बताउनु भयाे । प्राविधिक क्षेत्रतिर भविष्यमा युवाहरूलाई दक्ष बनाउनकाे लागि सहयाेग पुग्ने केसीले बताए ।

बैभव कम्प्युटर एजुकेसन युवाहरुलाई कम्प्युटर तालिम प्रदान गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा निशुल्क तालिम प्रदान गर्दै आइरहेको छ ।

प्राविधिक क्षेत्रलाई मध्यनजर गरेर पहिलाे पटक प्रतियोगिता हुँदा विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् ।

उक्त प्रतियोगितामा प.प. मुना मावि सिलगढी डाेटी , माेर्निङ लाइट इङ्लिस बाेर्डिङ स्कुल , पबित्र माध्यमिक विद्यालय , भागरती एकेडेमी, जेनियस बाेर्डिङ स्कुल गरि जम्मा ५ वटा विद्यालयकाे सहभागीता जनाएकाे थियाे । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ /१ जना विद्यार्थीकाे सहभागीता रहेकाे थियाे ।
उक्त प्रतियोगिता डाेटी बहुमुखी क्याम्पस सिलगढी डाेटीमा भएकाे हाे ।

Leave A Reply

Your email address will not be published.