धन बहादुर बोहरा ,डोटी
डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीका स्थानीय बासीन्दाहरु मन्दिर निर्माणका लागी श्रवदान अभियानमा जुटेकाछन जिल्लाको सायल गाउँपालिकाभित्रको प्रसिद्ध धार्मिक स्थलसमेत रहेको मष्ठा देवताको मन्दिर निर्माणका लागी स्थानीयहरुले श्रवदान अभियान संचालन गरिरहेकाछन मन्दिर पुरानो भएकाले जिण अवस्थामा रहेको छ ।
मन्दिर निर्णामका लागी संघ प्रदेश र स्थानिय सरकारसंग पटक पटक आग्रह गरेपनि मन्दिर निर्माणमा कसैले चासो नदेखाएको र चुनाबी एजेन्टामात्रै बनाएको गुनासो गर्दै आफुहरुले नै मन्दिर निर्माणका लागी श्रवदान अभियान संचालन गरेको स्थानीय ( असंगी देवताका भुराडी ) नर बहादुर देउबाले बताउनु भएको छ । अहिलेलाई स्थानीयहरुले श्रबदानबाट मन्दिर निर्माणसहित घेरवार समेत गर्ने र स्थानीयबाटै चन्दा संकलन गरिरहेको बताउनु भयो।