न्युनतम सेवा मापदण्डको आधारले जिल्ला अस्पताल डोटीले ८५ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिंदा अस्पतालले ८५ प्रतिशत अंक पाएको हो ।
यो बिगतको तुलनामा सुधारोन्मुत अंक हो । जिल्ला अस्पताल क्रमश सुुधारको बाटोमा रहेको प्रत्येक ६ महिनामा अस्पतालको मूल्याङ्कनमा सुधार देखिएको हो । गत असारमा ८४ प्रतिशत अंक प्राप्त गरेको जिल्ला अस्पताल डोटीले यस पटक थप एक अंक प्राप्त गरेर ८५ प्रतिशत प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्डमा थप कडाई गरिएको अबस्थामा पनि अस्पतालले एक प्रतिशतमा बृद्धी गरेको छ ।
जिल्ला अस्पताल डोटी ८५ प्रतिशत अंक प्राप्त गरी सुधारको बाटोमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक जगदिस जोशीले बताए । कार्यक्रममा बोल्दै जोशीले भने ‘ अब हाम्रो लक्ष्य शत प्रतिशत पुर्याउनेमा हुन पर्यो निर्देशनालयबाट गर्नु पर्ने मेरो सहयोग रहन्छ ।’
स्वास्थ्य निर्देशनालय राजपुरको आयोजना तथा जिल्ला अस्पताल डोटीको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्ने गर्दछ । अस्पतालको सम्पुर्ण डाक्टर कर्मचारी ब्यबस्थापन समितिको सक्रीयताका कारण स्तर उन्नतकीका लागी अहोरात्र खट्ने अस्पतालका कर्मचारी तथा सहयोग गर्ने सम्पुर्णलाई अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले धन्यवाद ब्यक्त गरेका छन् । अध्यक्ष नेपालीले भने ‘ हामीले केही सुधार आवश्यक गरेका छौँ अझै धेरै सुधार गर्न बाँकी रहेको छ अब हामी ८५ प्रतिशत होइन १५ अंक कसरी ध्यान दिनु पर्नेछ ।