डोटीमा सामूहिक करणी गर्ने एक बाल सुधार गृह र दुई जना कारागार चलान

डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा पक्राउ परेकाहरू कारागार चलान भएका छन् । परिवर्तित नाम थर ‘सिलगढी १ (क)’ लाई मङ्सिर १ गते सामूहिक करणी गरेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षको लागि कारागार र एक बाल सुधार गृह चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्ला अदालत डोटीको आइतबारको आदेश बमोजिम बडिकेदार गाउँपालिका वडा नम्बर २ का १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । साथै कानुनको विवादमा परेका बालक परिवर्तित नाम थर ‘सिलगढी ३’ लाई बाल सुधार गृह सिलगढीमा पठाइएको छ । उनीहरू परिवर्तित नाम थर ‘सिलगढी १ (क)’ लाई मकै पिस्न घट्टमा गएका बेला सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.