दिपायल सिलगढी नगर पालिका वडा नम्बर दुईले कर्मचारीको घम्ती बिमा गरीदिने

डोटीमा एक वडा कार्यालयले वडामा कार्यरत कर्मचारीको बिमा गरिदिने भएको छ । कर्मचारीहरूको मनोबल बढाउने उद्देश्यका साथ दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ ले कर्मचारीको घुम्ती बिमा गरिदिन लागेको हो । वडा कार्यालयका कर्मचारी, वडाभित्र रहेका विद्यालयका शिक्षक तथा कर्मचारी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक र जनप्रतिनिधि गरेर करिब ८० जनाको स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको वडा अध्यक्ष राजेन्द्र खड्काले बताए । बिमा गरेपछि कुनै दुर्घटना भइहाले उनको परिवारले ५ लाख रुपैयाँसम्म बिमा बापतको रकम पाउने अध्यक्ष खड्काले बताए ।वडाले वैदेशिक रोजगारीमा गएकाहरूको पनि बिमा गरिदिने योजना बनाएको छ । वैदेशिक रोजगारीमा गएकाहरू घर आएको बेला बिमा गरिदिने अध्यक्ष खड्काले जानकारी दिए । सानिमा लाइफ ईन्स्योरेन्स कम्पनीबाट स्वास्थ्य बिमा गराउने वडा समितिले निर्णय गरेको छ । कर्मचारीको उमेर अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० देखि २ हजार रुपैयाँसम्म बिमा शुल्क लाग्ने छ ।

Leave A Reply

Your email address will not be published.