राष्टिय स्वतन्त्र पाटी डोटीले जिल्ला सदरमुका सलगढीमा खानेपानीको ब्यबस्थापन नभएको र त्यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लामा रहेका सरोकारवाला निकायकोे ध्यानाआकर्षण गराएको छ ।
बुधबार एक बिज्ञप्ती जारी गर्दै, दिपायल सिलगढी नगरपलिकाको कार्यालय,दिपायल सिलगढी नगरपालीका वडा नं.६ को कार्यालय, तथा सिलगढी खानेपानी उपभोक्ता समितिको ध्यानाआर्षण गराएको रास्वपा डोटीका जिल्ला संयोजक केशब बलायरले बताए ।
रास्वपा डोटीका जिल्ला संयोजक केशब बलायरद्धारा जारी गरीएको बिज्ञेप्तीमा भनीएको छ जनताका दैनिक जीवनमा आईरहेका सामान्य समस्याहरुलाई पनि राज्यका निकायहरुले सम्वोधन गर्न नसक्दा कसैलाई पनि शुशासनको अनुभूति हुन सकिरहको छैन्। कुनैपनि सार्वजनिक सवालको बिषयमा समस्या राख्दा एक अर्कोलाई आलोचना गर्ने र मुख दर्शक बन्ने प्रवृति अझै विद्यमान रहेको उनले बताए ।
दिपाएल सिलगढी नगरपालीका वडा न.६ मा अनावश्यक रूपमा बग्ने खानेपानीले स्थानीयलाइ हैरान पारेको उनको भनाइ छ । बिच बजार देखि शैलेस्वरी मन्दिर भयर तल्लो बजार सम्म बग्ने पानीले गाडिहरु चिप्लिएर दुर्घटना हुने जोखिम बढेकोले छिटो भन्दा छीटो टुडिखेलमा जम्मा भएको पानीले खेलकुद खेल्न र विभिन्न कार्यक्रमहरू गर्न असहज भएकोे भन्ने सिलगढीका स्थानीयले गुनासो गरेको पनि उनले बताए ।