समिरको मृत्यु प्रकरणमा पक्राउ परेका तिनै जनालाई पुर्पक्षयको लागी कारागार चलान

डोटी-  डोटीमा एक युवक मृत्य प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका समिर भट्टको शव एक महिनापछि आज (बिहीबार) आफन्तले बुझेका हुन।

भट्टको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो। एक महिनापछि आज बिहान मात्रै शव आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको हत्या गरेर फालिएको दाबी गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। हत्यारा पत्ता लगाई कारबाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान थियो।

Leave A Reply

Your email address will not be published.