बझाङमा एक गर्भवति महिलाको रक्तश्रावका कारण मृत्यु

बझाङ- बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका-६ सिङराल्लीकी ३५ वर्षीय गौबडीदेवी धामीको शनिवार मृत्यु भएको हो। जिल्ला अस्पताल बझाङमा धामीको रक्तश्रावका कारण मृत्यु भएको हो।

उनले बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएको बताइएको छ। उनमा उच्च रक्त चाप पनि भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा आएको र स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताए। बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो।

Leave A Reply

Your email address will not be published.